आठ थान बन्दुक बरामद
सल्यान । सल्यानबाट आठ थान भरुवा बन्दुक बरामद गरिएको छ ।
बन्गाड कुपिण्डे नगरपालिका–१२ चौरस्थित सिद्धगुफा सामुदायिक वनबाट तीन, बस्नेउरा सामुदायिक वनबाट तीन र त्रिवेणी गाउँपालिका–५ डाँडासल्ले सामुदायिक वनबाट दुई गरी प्रहरीले आठ थान भरुवा बन्दुक बरामद गरेको जिल्ला प्रहरी कार्यालयमा राखिएको सूचना अधिकारी तथा प्रहरी निरीक्षक देवराज भट्टराईले बताए ।
बन्दुक वन्यजन्तु चोरीसिकारी गर्नका लागि लुकाएको हुनसक्ने सूचना अधिकारी भट्टराईले जानकारी दिए । एक हप्ताको अवधिमा यी भरुवा बन्दुक बरामद गरिएको हो । रासस
प्रकाशित मिति: मंगलबार, जेठ १९, २०८३ १५:५५
प्रतिक्रिया दिनुहोस्







