Khabar Out
पाथीभराको महिनाको भेटी एक करोड छ लाख

ताप्लेजुङ । पाथीभरा देवीस्थानमा एक महिनामा रु एक करोड छ लाख २८ हजार भेटी सङ्कलन भएको छ ।

वैशाख महिनामा उक्त भेटी सङ्कलन भएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । चैत र वैशाखमा पाथीभरामा अधिक भक्तजन आउने गरेका छन् ।

गत चैतमा रु ५८ लाख ५७ हजार ५०० र फागुनमा रु ३१ लाख १० हजार सङ्कलन भएको थियो । रासस

प्रकाशित मिति: शुक्रबार, जेठ १, २०८३  १२:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update