Khabar Out
तमिलनाडुमा थलापति विजयलाई बहुमत जुट्यो

काठमाडौं ।  तमिलनाडुमा सरकार गठनका लागि शक्ति सङ्घर्ष शनिबारदेखि समाप्त भएको छ ।

विधान सभामा विदुथलाई चिरूथाइगल (भीसीके)ले तामिलगा भेट्री कझागम (टीवीके) प्रमुख जोसेफ विजय (विजय थालापति) लाई समर्थन प्रदान गर्ने आफ्नो आधिकारिक घोषणासँगै राज्य सरकार गठनको अनिश्चितता टुङ्गिएको छ ।

टीभीके प्रमुख विजयले ११६ विधायकका साथ विगत तीन दिनदेखि सत्ता समिकरणका लागि राजभवनको यात्रालाई निरन्तरता दिएका थिए । उनले बहुमतका लागि थप दुई विधायकको जोहो गर्न नसक्दा तमिलनाडुका राज्यपाल राजेन्द्र विश्वनाथ अर्लेकरले राज्य सरकार गठनका लागि उनलाई औपचारिक आह्वान गरेका थिएनन् । 

शनिबार वीसीकेले आधिकारिक रूपमा विजयलाई समर्थन गर्ने घोषणा गरेको छ । 

कलाकारबाट राजनीतिमा आएका विजयलाई आइयुएमएलका दुई विधायकले पनि समर्थन गरेका छन् । यससँगै टिभिकेले राज्य विधानसभामा बहुमतको ११८ सदस्यको जादुई आँकडा पार गरेको छ ।

वीसीके अध्यक्ष थोल थिरुमावलवनले टिभिकेका महासचिव आधव अर्जुनलाई समर्थनपत्र हस्तान्तरण गरिसकेका छन् । 

तमिलनाडुमा २३४ सदस्यीय विधानसभामा बहुमतका लागि ११८ सिट आवश्यक छ भने टीभीकेले १०८ सिट पाएको छ । रासस

प्रकाशित मिति: शनिबार, वैशाख २६, २०८३  २२:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update