Khabar Out
लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ

काठमाडाैँ । संयुक्त राष्ट्रसङ्घका महासचिवका लागि प्रवक्ता स्टेफन डुजारिकले लेबनानमा दश लाख भन्दा बढी मानिसहरु विस्थापित रहेको जनाएका छन् । एक लाख २६ हजार मानिसहरूलाई देश भरका ६ सय भन्दा बढी सामूहिक आश्रयमा राखिएको उल्लेख गर्दै उनले अधिकांश विस्थापितहरू अझै आश्रय बाहिर नै रहेको बताए ।

पत्रकारहरुसँगको दैनिक साक्षतकारको क्रममा उहाँले मार्च –२ देखि संयुक्त राष्ट्र सङ्घले ११० वटा मानवीय समुह र मिसनहरूको सेवा प्रवाहलाई सहज बनाएको जनाए । यद्यपि, सहायता वितरण अपरेसनहरूले विभिन्न अवरोध, असुरक्षा, आवागमन प्रतिबन्ध, नागरिक पूर्वाधारमा क्षति लगायतका समस्याको सामना गर्न बाध्य रहेको जनाइएको छ ।

लेबनानमा संयुक्त राष्ट्रको अन्तरिम बलका शान्तिरक्षकहरूले शंकास्पद गतिविधिहरू अपरेसनहरू, लगायत यस क्षेत्र भरि इजरायली सेनाहरूद्वारा सञ्चालित सैन्य गतिविधिहरूको निगरानी जारी राखेको जनाइएको छ ।

जारी हिंसाबाट शान्तिरक्षक र संयुक्त राष्ट्रसंघीय सुरक्षा स्थलहरू प्रत्यक्ष रूपमा प्रभावित भइरहेको उनले चेतावनी दिए। इजरायली सैन्य गतिविधिको कारण शुक्रबार एल बियाडाको युनिफिल क्षेत्रका तीन वटा भवनहरूमा संरचनात्मक क्षति पुगेको तथा नजिकैका क्षेत्रहरूमा आगलागी समेत भएको जनाइएको छ ।

डुजारिकले बुधबार बेरुतको दक्षिणी उपनगरमा भएको इजरायली आक्रमणकमा बालबालिका सहित नागरिकहरूको मृत्यु भएका रिपोर्टहरू उल्लेख गर्दै गहिरो चिन्ता व्यक्त गरेका छन् । अप्रिलमा घोषणा गरिएको युद्धविराम पछि पनि लेबनानको राजधानीलाई लक्षित गरी भएको यो पहिलो आक्रमण भएको उनले उल्लेख गरेका छन् । रासस

प्रकाशित मिति: शुक्रबार, वैशाख २५, २०८३  १६:११
प्रतिक्रिया दिनुहोस्
Weather Update