Khabar Out
हात्तीको आक्रमणबाट दुई जना घाइते

झापा । मेचीनगर नगरपालिका–४ बाहुनडाँगी चोक नजिक हात्तीको आक्रमणबाट आमाछोरी घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार आक्रमणमा परी ३८ वर्षीया सुनिता बज्राचार्य र उनकी १३ वर्षीया छोरी यवद्रा घाइते भएका हुन् ।

दुवै जनाको खुट्टामा गम्भीर चोट लागेको छ । रासस

प्रकाशित मिति: बिहीबार, वैशाख १७, २०८३  १६:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update