काठमाडाैँ । दक्षिण कोरियाले संयुक्त अपरेसनमा परिचालन दक्षता सुधार गर्ने प्रयासको रूपमा यस हप्ता संयुक्त राज्य अमेरिकासँग संयुक्त हवाई अभ्यास सुरु गर्ने घोषणा गरेको छ ।
दक्षिण कोरियाली वायुसेनाले विज्ञप्ति मार्फत यो अभ्यास दक्षिणपश्चिमी शहर ग्वाङ्जुको एयर बेसबाट सुरु हुने र दुई हप्तासम्म चल्ने बताएको छ ।
युद्धाभ्यासहरूमा विभिन्न प्रशिक्षण कार्यक्रमहरू समावेश हुनेछन् जसमा रक्षात्मक काउन्टर “एयर इन्टरसेप्सन” र क्लोज एयर सपोर्ट प्रशिक्षण कार्यक्रमहरू रहेका छन् ।
अभ्यासमा दक्षिण कोरियाले लडाकू जेटहरू, आक्रमण गर्ने विमानहरू र यातायात विमानहरू परिचालन गर्नेछ, भने अमेरिकी वायु सेनाका विमानहरू पनि अभ्यासमा सहभागी हुनेछन् ।
दक्षिण कोरियाली वायु सेनाले यस वर्षको अभ्यास दक्षिण कोरियाको नेतृत्वमा हुने पुष्टि गरेको छ । रासस







