Khabar Out
सन् २०२५ मा ३२६ जना मानव अधिकारवादी कामदारको हत्या : राष्ट्रसंघ

काठमाडाैँ । संयुक्त राष्ट्रसङ्घीय मानवतावादी मामिला उप–महासचिव टम फ्लेचरले सन् २०२५ मा २१ वटा देशमा कम्तीमा ३२६ जना मानव अधिकारवादी सहायता कर्मीको हत्या गरिएको पुष्टि गरेका छन् ।  गत तीन वर्षमा आक्रमणको कारण पीडित हुनेहरुको सङ्ख्या एक हजार भन्दा बढी पुगेको जनाउदै उहाँले पछिलो समयमा मानवीय कामदारहरूलाई लक्षित गरी आक्रमणहरु वृद्धि भएको चेतावनी दिएका छन् । 

मानवतावादी कामदार र संयुक्त राष्ट्रका कर्मचारीहरूको सुरक्षा सम्बन्धी संयुक्त राष्ट्र सुरक्षा परिषद्‌मा भएको साक्षातकारमा फ्लेचरले विगत तीन वर्षमा गाजा र वेस्ट ब्याङ्क क्षेत्रमा ५६० जना भन्दा बढी मृत्यु भएको जनाएको छ ।

अघिल्लो अवधिको तुलनामा विगत तीन वर्षमा मृत्युको सङ्ख्या तीन गुणा बढेको उल्लेख गर्दै उनले यो वृद्धि केवल संयोग मात्र नभई सुरक्षा प्रणालीको पतन भएको बताए ।

उनले मानवतावादी कामदारहरू युद्व प्रभावितहरुलाई खाना, पानी, र औषधि गलायतका अत्यावश्यक सामाग्री वितरण गर्दै गर्दा मारिएको उल्लेख गरे । रासस

प्रकाशित मिति: बिहीबार, चैत २६, २०८२  १६:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update