Khabar Out
२०२७ बजेटमा ट्रम्पको प्रस्तावः रक्षा खर्च बढाउँदै, घरेलु कार्यक्रम कटौती

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २०२७ को बजेटमा रक्षा खर्च बढाएर १ ट्रिलियन ५०० बिलियन डलर बनाउन प्रस्ताव गरेका छन् । यो दशकमा सबैभन्दा ठुलो रक्षा खर्चको अनुरोध हो र यसले राष्ट्रपति ट्रम्पको प्राथमिकता अमेरिकी सैन्य लगानीमाथि केन्द्रित रहेको देखाउँछ ।

यो रक्षा खर्चमा करिब ४४ प्रतिशतको वृद्धि अपेक्षित छ । बजेट निर्देशक रस्सल भौग्टका अनुसार राष्ट्रपतिको प्राथमिक उद्देश्य राष्ट्रिय सुरक्षा संरचनामा पुनः लगानी गर्नु हो, ताकि हाम्रो देश खतरनाक विश्वमा सुरक्षित रहोस् ।

राष्ट्रपतिको वार्षिक बजेट प्रशासनको मूल्य प्राथमिकता देखाउने दस्तावेज हो, तर यसले कानुनी शक्ति राख्दैन । यस वर्ष बजेट दस्तावेजले राष्ट्रपति र काङ्ग्रेसबीच मार्गचित्रको काम गर्ने उद्देश्य राखेको छ । काङ्ग्रेसले आफ्नै बजेट र वार्षिक विनियोजन विधेयक तयार गर्ने क्रममा यसलाई मार्गदर्शनको रूपमा प्रयोग गर्न सक्छ ।

इरान युद्धबारे राष्ट्रलाई सम्बोधन गर्नुअघि ट्रम्पले सैन्यलाई आफ्नो प्राथमिकता भएको सङ्केत दिनुभएको थियो । उनले कार्यक्रममा भने, 'हामी युद्धमा लडिरहेका छौँ, हामी बालसङ्ग्रहालय र स्वास्थ्य सेवामा ध्यान दिन सक्दैनौँ । यी सेवाहरू राज्य स्तरबाट सम्भव छन्, सङ्घीय स्तरबाट होइन ।' रासस

प्रकाशित मिति: शनिबार, चैत २१, २०८२  १६:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update