Khabar Out
फ्लोरिडा एयरपोर्टको नाम राष्ट्रपति ट्रम्पको नामबाट राखिने घोषणा

फ्लोरिडा अन्तर्राष्ट्रिय विमानस्थलको नाम अब राष्ट्रपति “डोनाल्ड जे ट्रम्प अन्तर्राष्ट्रिय विमानस्थल” राखिने घोषणा गरिएको छ । उक्त घोषणा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका छोरा एरिक ट्रम्पले गरेका हुन् ।

विमानस्थललाई ट्रम्पको नाममा पुनःनामकरण गर्ने सहमतिमा हस्ताक्षर भइसकेको र आगामी जुलाई १ देखि औपचारिक रूपमा लागू गरिने जनाइएको छ ।

सामाजिक सञ्जाल एक्स मार्फत जानकारी सार्वजनिक गर्दै एरिक ट्रम्पले पुनःनामकरण प्रक्रियामा सहयोग गर्ने रोन डीसान्टिससहित फ्लोरिडाका महान्यायाधिवक्ता र हाउस प्रतिनिधिहरूलाई धन्यवाद दिएका छन् ।

यद्यपि, उड्डयन प्रशासनले भने विज्ञप्ति जारी गर्दै नाम परिवर्तनलाई अझै अनुमोदन नगरेको स्पष्ट पारेको छ ।

ट्रम्प परिवारले गत फेब्रुअरीमै विमानस्थल पुनःनामकरणका लागि आवेदन दिएको सीबीएस न्युजले जनाएको छ । रासस

प्रकाशित मिति: मंगलबार, चैत १७, २०८२  १५:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update