लेबनान ‘मानवीय विपत्ति’ को जोखिममा : युएनएचसिआर
काठमाडाैँ । पश्चिम एसिया युद्धको झन्डै एक महिनापछि लेबनानले गहिरिँदै गएको मानवीय सङ्कटको सामना गरिरहेको छ र अब विनाशमा परिणत हुने खतरा रहेको संयुक्त राष्ट्रसङ्घको शरणार्थी निकाय (युएनएचसिआर) ले शुक्रबार चेतावनी दिएको छ।
“लेबनानमा मार्च २ यता १० लाखभन्दा बढी मानिस अर्थात् हरेक पाँचमध्ये एक जना मानिस आफ्नो घर छोड्न बाध्य भएका छन्,” युएनएचसिआरले जनाएको छ ।
“स्थिति अत्यन्त चिन्ताजनक छ र मानवीय विपत्तिको जोखिम छ । यो लेबनानको यथार्थ हो ।“ लेबनानका लागि युएनएचसिआरका प्रतिनिधि क्यारोलिना लिन्डहोम बिलिङले बेरुतबाट जेनेभामा रहेका पत्रकारहरूसँग भने । रासस
प्रकाशित मिति: शुक्रबार, चैत १३, २०८२ २१:४३
प्रतिक्रिया दिनुहोस्






