इजरायली आक्रमणमा हमासका नेताको मृत्यु
एजेन्सी । दक्षिण लेबनानको सिदोन क्षेत्रमा आइतबार बिहान इजरायलले गरेको आक्रमणमा हमासका एक अधिकारीको मृत्यु भएको प्यालेस्टिनी लडाकु समूहको स्रोतले एएफपीलाई बताएको छ ।
सरकारी मिडियाले पहिले उत्तरी सिदोनको एक आवासीय भवनमा आक्रमण गरेको रिपोर्ट गरेपछि आक्रमणमा हमासका अधिकारी विसाम ताहाको मृत्यु भएको बताइएको थियो । तटीय सहर लेबनानको सबैभन्दा ठुलो प्यालेस्टिनी शरणार्थी शिविर रहेको स्थान हो।
यहाँ इजरायलले हालैका महिनाहरूमा हमासलाई लक्षित गरिरहेको भन्दै आक्रमण गरेको थियो । रासस
प्रकाशित मिति: आइतबार, चैत १, २०८२ २२:२०
प्रतिक्रिया दिनुहोस्





