Khabar Out
इरानमा इजरायलसँग जासुसी गरेको आरोपमा २० जना पक्राउ

काठमाडाैँ । इरानी सुरक्षा अधिकारीहरूले देशको उत्तरपश्चिमी क्षेत्रमा जासुसीमा संलग्न ठानिएका कम्तीमा २० जनालाई पक्राउ गरेका छन् । पक्राउ परेकाहरूले सैन्य, कानून र सुरक्षा सम्बन्धी गोप्य विवरण इजरायली पक्षलाई पठाएको पाइएको छ ।

पक्राउ पश्चिम अजरबैजान प्रान्तमा जासुसी सञ्जालमाथि गरिएको व्यापक छापामारीको क्रममा भएको हो । प्रान्तीय अभियोजक होसेन माजिदीका अनुसार, पक्राउ परेकाहरूले देशको सुरक्षा र गोप्य सूचनासँग छेडछाड गर्दै आएको पुष्टि भएको छ ।

इरानी अधिकारीहरूले देशभर व्यापक जासुसी छानबिन जारी राखेका छन् र हालसालै सयौं व्यक्तिहरूलाई इजरायल र अन्य विदेशी शक्तिसँग सहकार्य गरेको आरोपमा गिरफ्तार गरिएको बताइएको छ ।

यो घटना फेब्रुअरी २८ मा अमेरिकी र इजरायली हवाई आक्रमणपछि सुरु भएको मध्यपूर्वीय सङ्घर्षसँग सम्बन्धित छ । त्यस आक्रमणमा इरानका सर्वोच्च नेता आयातुल्लाह अली खामेनीको मृत्यु भएपछि इरानले प्रतिकार गरेको थियो । रासस

प्रकाशित मिति: आइतबार, चैत १, २०८२  १६:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update