Khabar Out
परराष्ट्र सचिव र चिनियाँ राजदूतबीच भेट

काठमाडौँ । परराष्ट्र सचिव अमृतबहादुर राईसँग नेपालका लागि चीनका राजदूत चाङ माओमिङले बुधबार परराष्ट्र मन्त्रालयमा भेटवार्ता गरेका छन् । 

त्यस अवसरमा उनीहरूबीच द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउने र दुई देशबीचको सहयोगलाई प्रवद्र्धन गर्ने सम्बन्धमा विचार आदान प्रदान भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यसैबीच, चिनियाँ राजदूतले सामाजिक सञ्जालमा द्विपक्षीय सम्बन्धबारे परराष्ट्र सचिवसँग गहन छलफल भएको तथा आपसी सहयोगलाई अझ विस्तार गर्ने सहमति भएको उल्लेख गरेका छन् । रासस

प्रकाशित मिति: बिहीबार, फागुन २१, २०८२  ०९:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update