Khabar Out
‘र्‍यापिड एक्सन टास्क फोर्स’ गठन

रुपन्देही । भैरहवास्थित भीम अस्पतालमा ‘र्‍यापिड एक्सन टास्क फोर्स’ गठन गरिएको छ । डा. मदन अधिकारीको संयोजकत्वमा गठन गरिएको उक्त फोर्सको सदस्यहरुमा डा. विनोद खनाल, डा. आरिफ हुसेन, डा. रवि शुक्ला, नारायणसिंह कोइरी, भेषनारायण चौधरी, ईश्वरी ज्ञवाली, बन्दना पँगेनी र जनकराज पन्त छन् ।

बिहीबार हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई दृष्टिगत गरी ‘र्‍यायापिड एक्सन टास्क फोर्स’ गठन गरिएको भीम अस्पतालको प्रमुख डा वर्षा थापाले जानकारी दिए।

सिद्धार्थनगर नगरपालिका–१३ मा अवस्थित भीम अस्पताल १९९० सालमा स्थापना भएको हो । रासस 

प्रकाशित मिति: मंगलबार, फागुन १९, २०८२  १६:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update