Khabar Out
पशुपति क्षेत्रमा बाला चतुर्दशी पर्वको तयारी सुरु
पशुपति क्षेत्रमा बाला चतुर्दशी पर्वको तयारी सुरु काठमाडौं । विश्वसम्पदा सूचीमा सूचीकृत पशुपतिनाथ मन्दिर क्षेत्रमा बालाचतुर्दशी पर्वको तयारी सुरु गरिएको छ । बाला चतुर्दशीका निम्ति बत्ती, पाल, शतबीज मार्ग व्यवस्थापनलगायत तयारी सुरु गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। तयारीका निम्ति सरोकारवाला निकायसँग बैठक गरी कामको बाँडफाँट गरिएको छ । दिवंगत पितृको सम्झनामा आफन्तजनबाट मंसिर २ गते...
मतदाता नामावली उत्साहपूर्वक सङ्कलन गरिँदै
मतदाता नामावली उत्साहपूर्वक सङ्कलन गरिँदै राष्ट्रिय परिचयपत्र प्रयोग गरेर पनि मतदाता नामावली सङ्कलन सुरू गरेपछि नयाँ मतदाताको सङ्ख्या उत्साहजनक रूपमा वृद्धि हुन थालेको छ । सम्बन्धित निर्वाचन कार्यालयमा नामावाली दर्ता गराउँदै आएको आयोगले चाप व्यवस्थापन गर्न यही कात्तिक २७ गतेदेखि राष्ट्रिय परिचयपत्र प्रयोग गरेर पनि जैविक विवरण (फोटो तथा औँठाछाप) दिन सकिने व्यवस्था गरेपछि परिचयपत्र...
समस्याग्रस्त सडकमा काम सम्पन्न गर्ने चुनौती
समस्याग्रस्त सडकमा काम सम्पन्न गर्ने चुनौती तनहुँका तीन ठुला सडक आयोजना निर्माण सुरु भएको लामो समय भएपनि सम्पन्न गर्न नसक्दा चुनौती थपिएको छ । गण्डकी प्रदेश सरकारको बजेटमा निर्माण सुरु गरिएका यहाँका तीन सडकलाई समस्याग्रस्त आयोजनामा राखिएको छ । भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्रालयको बजेटबाट सुरु गरिएका जिल्लाका तीन सडकलाई पूर्वाधार विकास कार्यालय तनहुँले समस्याग्रस्त...
भोजपुर–काठमाडौँ हवाई उडान थपिँदा बिरामीलाई सहज
भोजपुर–काठमाडौँ हवाई उडान थपिँदा बिरामीलाई सहज नेपाल वायुसेवा निगमले भोजपुर–काठमाडौँ हवाई उडान थप गरेपछि जिल्ला अस्पतालबाट (प्रेषण) रिफर गरिएका बिरामीलाई बाह्य अस्पताल जान सहज भएको छ । सातामा दुई वटा उडान भर्दै आएको निगमले सातामा चार वटा उडान भर्न थालेपछि बाह्यका अस्पतालमा रेफर गरिएका बिरामीलाई सहज भएको हो ।
विभिन्न कार्यक्रम गरी आज विश्व मधुमेह दिवस मनाइँदै
विभिन्न कार्यक्रम गरी आज विश्व मधुमेह दिवस मनाइँदै काठमाडौँ । विविध चेतनामूलक कार्यक्रमका साथ आज विश्व मधुमेह दिवस नेपालसहित विश्वका विभिन्न  देशमा मनाइँदैछ । मधुमेहको जोखिम, रोकथाम र उपचारबारे चेतना फैलाउनु यो दिवसको उद्देश्य हो । संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् २००७ देखि दिवस मनाउन प्रारम्भ भएको हो । मधुमेहको रोकथाम र उपचारका लागि आफ्ना स्वास्थ्य प्रणालीअनुसार राष्ट्रिय नीति...
अन्नपूर्ण  गाउँपालिकामा १५६ योजना छनौट
अन्नपूर्ण गाउँपालिकामा १५६ योजना छनौट म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ मा कार्यान्वयन गर्ने एक सय ५६  योजना छनौट गरेको छ । रु.१६ करोड २७ लाख ८३ हजार बजेट बिनियोजन भएका तीन योजना कार्यान्वयनका लागि सर्वेक्षण, लागत अनुमान तयार, उपभोक्ता समिति गठन, ठेक्का आव्हान र सम्झौताको प्रक्रिया अघि बढाएको हो । 
दूध बिक्रीबाट वार्षिक १३ लाख आम्दानी
दूध बिक्रीबाट वार्षिक १३ लाख आम्दानी कञ्चनपुर । भारतमा मजदुरी गरेर परिवारको जोहो गर्दै आएका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ का शिवचरण राना अहिले आफ्नै गाउँमा दूध बिक्रीबाट मनग्य आम्दानी गरिरहेका छन् । मजदुरी गर्दा अनेक दुःख भोगेका राना गाउँमा नै केही गर्ने योजना बनाएर भारत छोडेर स्वदेश फर्किएका हुन् ।  कुनै बेला भारतमा मजदुरी गर्ने राना अहिले...
उत्तरी गोरखाबाट सुत्केरी र शिशुको उद्धार
उत्तरी गोरखाबाट सुत्केरी र शिशुको उद्धार गोरखा । उत्तरी गोरखाबाट एक सुत्केरी र शिशुको उद्धार गरिएको छ । सडक सञ्जालले नजोडेको चुमनुब्री गाउँपालिका–६ ताजुबाट सुत्केरी रिञ्जिन पाल्मो लामालाई शिशुसहित आज सिम्रिक एयरको हेलिकप्टरबाट उद्धार गरी गण्डकी अस्पताल पोखरा लगिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रेम गुरुङले जानकारी दिए । गण्डकी प्रदेशको जोखिममा परेका सुत्केरी तथा गर्भवती महिलाको...
पशुपतिनाथ र बौद्धनाथ जोड्ने सडकमा ‘अस्फाल्ट प्रविधि’ को कालोपत्र
पशुपतिनाथ र बौद्धनाथ जोड्ने सडकमा ‘अस्फाल्ट प्रविधि’ को कालोपत्र विश्व सम्पदा सूचीमा सूचीकृत पशुपतिनाथ र बौद्धनाथ चैत्य जोड्ने गौरीघाट–कुमारीगाल–बौद्ध सडकको कालोपत्र उप्काएर ‘आस्फाल्ड प्रविधि’ को कालोपत्र गर्न लागिएको छ । कालोपत्र भइरहेको सडक उप्काउन थालेपछि दुई विश्व सम्पदा जोड्ने मार्गमा धुलो उड्न थालेको स्थाीनयवासीको गुनासो छ । आयोजनाले सूचना पाटीसमेत नराखी कालोपत्र उप्काएर के गर्न खोजेको हो भन्ने थाहा...
भोजपुरमा गाईभैँसीमा खोरेत रोगविरुद्ध एक महिने खोप अभियान सुरु
भोजपुरमा गाईभैँसीमा खोरेत रोगविरुद्ध एक महिने खोप अभियान सुरु भोजपुर जिल्लामा गाईभैँसीमा लाग्ने खोरेत रोग उन्मूलन गर्ने उद्देश्यका साथ एक महिना लामो खोप अभियान सुरु भएको छ। जिल्लाभरका किसानका पशुहरूमा खोरेत रोग नियन्त्रण र उन्मूलन गर्ने लक्ष्यसहित यो अभियान सञ्चालन गरिएको भेटेरिनरी अस्पताल तथा सेवा विज्ञ केन्द्रले जनाएको छ।
मानव स्वास्थ्य र वातावरणीय असर  देखिन थालेपछि इँटा उद्योग बन्दको माग
मानव स्वास्थ्य र वातावरणीय असर देखिन थालेपछि इँटा उद्योग बन्दको माग तनहुँ । तनहुँको व्यास नगरपालिका–१ स्थित भद्रु सामुदायिक वन उपभोक्ता समूहका उपभोक्ताले मानवीय स्वास्थ्य तथा वातावरणमा असर देखिन थालेपछि चिम्नी इँटा उद्योग बन्द गर्न स्थानीयको माग छ । स्थानीय सञ्चालित इँटा उद्योगबाट निस्कने धुँवाका कारण मानव स्वास्थ्य, वायु र वातावरणमा असर परेकाले उद्योग बन्द गर्न स्थानीयले माग गरेका छन् ।...
कैलालीस्थित इन्धन डिपो स्थानान्तरण प्रक्रिया अघि बढाउन माग
कैलालीस्थित इन्धन डिपो स्थानान्तरण प्रक्रिया अघि बढाउन माग घनाबस्तीकोबिचमा रहेको नेपाल आयल निगमको धनगढीस्थित सुदूरपश्चिम प्रादेशिक डिपो तत्काल स्थानान्तरणको प्रक्रिया अघि बढाउन स्थानीयले दबाब दिएका छन् । उक्त डिपो स्थानान्तरणको प्रक्रिया तत्काल अघि बढाउन स्थानीयले प्रादेशिक प्रमुख हरिदत्त जोशीलाई ज्ञापनपत्र बुझाएका हुन्।
Weather Update