Khabar Out
बर्सातले खानेपानी प्रणालीमा पुगेको क्षतिको विवरण सङ्कलन गरिँदै
बर्सातले खानेपानी प्रणालीमा पुगेको क्षतिको विवरण सङ्कलन गरिँदै खानेपानी तथा ढल व्यवस्थापन विभागले अविरल वर्षाका कारण आएको बाढी पहिरोका कारण देशभरका खानेपानी तथा सरसफाइ प्रणालीमा पुगेको क्षतिको विवरण सङ्कलन प्रक्रिया सुरु गरेको छ । देशका सातै प्रदेशबाट क्षतिको प्रारम्भिक विवरण सङ्कलन गरी केन्द्रमा पठाउन विभागअन्तर्गतका खानेपानी तथा ढल व्यवस्थापन कार्यालयलाई परिपत्र गरिएको विभागले जनाएको छ ।
रातो नदीले तटबन्ध भत्काउँदा १५ करोड क्षति
रातो नदीले तटबन्ध भत्काउँदा १५ करोड क्षति रातो नदीको हालैको बाढीले तटबन्ध भत्काउँदा रु १५ करोड बराबरको क्षति भएको छ । नदीका दुवै किनारमा बनाइएका एक हजार ६१० मिटर तटबन्धमा क्षति हुँदा उक्त रकम बराबरको हानि भएको हो । करिब रु १५ करोड बराबरको तटबन्ध बगाएको जनकपुरस्थित सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालयका इञ्जिनियर सुरेश मण्डलका अनुसार...
अलपत्र भएको करिब एक वर्षपछि बन्यो गौरीघाट पुल
अलपत्र भएको करिब एक वर्षपछि बन्यो गौरीघाट पुल पशुपति क्षेत्रस्थित गौरीघाटदेखि गुह्येश्वरी मन्दिर जाने पुल करिब एक वर्षपछि निर्माण भएको छ । पुल निर्माणमा आधुनिक निर्माण सामग्री प्रयोग गर्न खोजेपछि पुरातत्त्व विभागले रोकेर अलपत्र परेको सम्बन्धी राससमा समाचार प्रकाशित भएपछि अलपत्र पुल निर्माण सम्पन्न भएको छ ।राष्ट्रिय समाचार समिति (रासस) ले गत साउन दोस्रो साता पुल नबन्दा साउनमा...
आश्विन शुक्ल पूर्णिमा: आकाशदीप दान, तुलसीको विशेष पूजा गरिँदै
आश्विन शुक्ल पूर्णिमा: आकाशदीप दान, तुलसीको विशेष पूजा गरिँदै काठमाडौँ । प्रत्येक वर्ष आश्विन शुक्ल पूर्णिमामा सूर्योदय भएका दिन सुरु हुने कार्तिक स्नान, आकाशदीप दान एवं तुलसीको विशेष पूजा आराधना आजदेखि सुरु गरिँदै छ । आश्विन शुक्ल पूर्णिमादेखि कार्तिक शुक्ल पूर्णिमासम्म कार्तिक स्नानसहित तुलसीको विशेष पूजा आराधना, आकाशदीप दान गरेमा सौभाग्य, सम्पत्ति एवं श्रेय प्राप्ति हुने धार्मिक विश्वास छ...
क्याम्पस प्रमुख खनालको निधन
क्याम्पस प्रमुख खनालको निधन बालकुमारी बहुमुखी क्याम्पस नारायणगढका प्रमुख जगदीश्वर खनालको निधन भएको छ । उनको आइतबार साँझ बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचारका क्रममा निधन भएको हो । तनहुँको साबिक तनहुँसुर गाउँ विकास समिति वडा नम्बर १ आमडाँडा चुदीमा विसं २०२२ मा जन्मिएका खनालको ६० वर्षको उमेरमा क्यान्सर रोगका कारण निधन भएको हो...
कञ्चनपुर कारागारका एक सय १६  कैदी तथा थुनुवा सम्पर्कमा आएनन्
कञ्चनपुर कारागारका एक सय १६ कैदी तथा थुनुवा सम्पर्कमा आएनन् जेनजी प्रदर्शनका क्रममा कञ्चनपुर कारागारबाट फरार रहेका कैदी तथा थुनुवालाई आज साँझसम्म फिर्ता समय सीमा निर्धारण गरिएको छ ।  फरार कैदी बन्दी खोजि तथा पक्राउ कार्यदलको आइबार बसेको बैठकले कारागारबाट  फरार रहेका पुरुष, महिला कैदी तथा थुनुवालाई आज साँझ पाँच वजे सम्म कारागारमा फर्किनका लागि सयम सीमा दिइएको हो । ...
वर्षा गराउने मौसम प्रणाली बाहिरियो : मौसम विज्ञान विभाग
वर्षा गराउने मौसम प्रणाली बाहिरियो : मौसम विज्ञान विभाग काठमाडौँ  । जल तथा मौसम विज्ञान विभागले वर्षा गराउने न्यूनचापीय मौसम प्रणाली मुलुकबाट बाहिरिएको जनाएको छ । विभागले आज अपराह्न विज्ञप्ति जारी गरेर यो जानकारी दिएको हो । वर्षा गराउने न्यूनचापीय मौसम प्रणाली नेपालबाट बाहिरिएर मनसुन कमजोर भई मौसममा सुधार आइसकेको भए तापनि मनसुन वहिर्गनम भइनसकेको हालको अवस्थामा मनसुनजन्य प्रकोपबाट...
उदयपुरमा गाडी बग्दा एकको मृत्यु, २१ को सकुशल उद्दार
उदयपुरमा गाडी बग्दा एकको मृत्यु, २१ को सकुशल उद्दार बेलका नगरपालिका–४ स्थित लाल बजार नजिकैको अमन खोलाले एक हायस गाडी बगाउँदा २१ जनाको उद्धार भएको छ भने एकजना मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार गएराति १२ बजे मोरङको विराटनगरबाट काडमाडौँ हिँडेको बा ४ ख १६२८ को हायस गाडी सिन्धुलीको भिमानबाट पुनः फर्कने क्रममा उदयपुरको बेलकास्थित लालबजार...
अत्यावश्यक साधनलाई चितवनबाट गन्तव्यतर्फ लाग्न अनुमति,  काठमाडौँतर्फ जानेलाई रोकियो
अत्यावश्यक साधनलाई चितवनबाट गन्तव्यतर्फ लाग्न अनुमति, काठमाडौँतर्फ जानेलाई रोकियो अविरल वर्षापछि पहिरोको जोखिमका कारण रोकिएका अत्यावश्यक साना सवारीसाधनलाई गन्तव्यतर्फ लाग्न अनुमति दिइएको छ । शनिबार साँझ ६ः०० बजेदेखि नारायणगढ–मुग्लिन सडकखण्ड र पृथ्वी राजमार्गको चितवनतर्फको  सडकमा सवारी साधान आवागमन बन्द गरिएको थियो । जिल्ला प्रहरी कार्यालका प्रवक्ता प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार नारायणगढ–मुग्लिन सडकखण्ड र पृथ्वी राजमार्गको चितवन खण्डतर्फको...
आजको मौसम पूर्वानुमान : भारी वर्षाको सम्भावना ?
आजको मौसम पूर्वानुमान : भारी वर्षाको सम्भावना ? हाल देशभर बङ्गालको खाडीबाट आएको जलवाष्प युक्त हावा (मनसुनी वायूको) प्रभाव रहेको छ । आज दिउँसो देशभर साधारणतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भाग धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित...
यस वर्षको मनसुन केही ढिला बाहिरिने
यस वर्षको मनसुन केही ढिला बाहिरिने नेपालमा गएको जेठ १५ गते भित्रिएर असार ६ गते देशभर फैलिएको मनसुन केही समय ढिला मात्रै बाहिरिने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुन बाहिरिने सरदर मिति अटोबर २ अर्थात् बिहीवार रहे पनि मनसुन उत्तरार्धमा पुगेका बेला पुन सक्रिय भएको छ । मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद्...
विजयादशमीमा रावणको तीन वटा पुतला दहन गरियो
विजयादशमीमा रावणको तीन वटा पुतला दहन गरियो महोत्तरी । असत्यमाथि सत्यको विजयको प्रतीक शारदीय नवरात्राको क्रममा महोतरीको सदरमुकाम जलेश्वरमा विजया दशमीका दिन रावणका तीन वटा पुतला (प्रतिमा) दहन गरिएको छ ।    रामले रावणमाथि विजयादशमीकै दिन विजय प्राप्त गरेको खुसियालीमा रावणको प्रतिमा बनाएर (दहन गरिने) जलाउने कार्य त्रेतायुगदेखि चल्दै आएको विश्वास छ ।  यसवर्ष महोत्तरीको सदरमुकाम जलेश्वर नगरपालिकाको...
Weather Update