अमेरिकामा दादुराको प्रकोप, १९९२ पछि सबैभन्दा धेरै केस भेटियो
शुक्रबार, पुस १८, २०८२
एक वर्षमा १५ हजार विदेशी पर्यटकले गरे मनास्लु भ्रमण
शुक्रबार, पुस १८, २०८२
गोरखा । सन् २०२५ भरि १५ हजार विदेशी पर्यटकले मनास्लु क्षेत्रको अवलोकन भ्रमण गरेका छन् । बेमौसमी बाढीपहिरो, हिमपात र जेनजी आन्दोलनका बाबजुद पनि मनास्लु क्षेत्र भ्रमण गर्ने पर्यटकको सङ्ख्या वृद्धि भएको हो ।
त्यसअघि २०२४ मा मनास्लु क्षेत्र भ्रमण गर्ने विदेशी पर्यटकको सङ्ख्या १२ हजार ८०० थियो । मनास्लु...
नख्खु कारागारबाट फरार ३० प्रतिशत कैदीबन्दी सम्पर्कविहीन
बिहीबार, पुस १७, २०८२
ललितपुरस्थित नख्खु कारागारबाट जेनजी आन्दोलनको क्रममा फरार भएका कैदीबन्दीमध्ये ३० प्रतिशत अझै सम्पर्कमा आएका छैनन् । गत भदौ २४ गते नख्खु कारागारमा भएको घटनापछि विभिन्न मुद्दामा दोषी ठहर भई सजाय भोगिरहेका एक हजार २८० जना कैदीबन्दी फरार भएका थिए । कारागार प्रशासनका अनुसार हालसम्म तीमध्ये ७० प्रतिशत कैदीबन्दी स्वेच्छाले वा...
नयाँ वर्ष सन् २०२६ सुरु
बिहीबार, पुस १७, २०८२
काठमाडौँ । ग्रेगोरियन पात्रोअनुसार आजदेखि इस्वी संवत्को नयाँ वर्ष सन् २०२६ सुरु भएको छ । येशु ख्रिस्टको जन्म भएको वर्षदेखि पादरी ग्रेगोरियनले सुरु गरेकाले यसलाई ग्रेगोरियन पात्रो भन्ने गरिएको हो ।
नयाँ वर्ष सन् २०२६ का अवसरमा यो पात्रो अनुसारको चाड पर्व मान्नेले आज एकापसमा शुभकामना आदानप्रदान गरी मनाउँछन् ।...
राष्ट्रियसभा निर्वाचनः सुदूरपश्चिममा निर्वाचन अधिकृतको कार्यालय स्थापना
बुधबार, पुस १६, २०८२
आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सुदूरपश्चिममा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । आज प्रदेश निर्वाचन कार्यालय धनगढीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । कार्यालयको निर्वाचन अधिकृत एवं कैलालीका जिल्ला न्यायाधीश भुवनसिंह थापा र कैलालीका प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मीले संयुक्तरुपमा उद्घाटन गरे । कार्यालय...
आजको मौसम : तराईमा हुस्सु, हिमाल-पहाडमा आंशिक बदली रहने
बुधबार, पुस १६, २०८२
देशभर पश्चिमी वायुको आंशिक प्रभावका कारण मौसममा परिवर्तन भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज तराई भू–भागका अधिकांश स्थानमा हुस्सु लाग्नेछ ।
कर्णाली र सुदूरपश्चिम प्रदेशसहित बाँकी पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहने अनुमान गरिएको छ । यसैबीच, कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा...
सन् २०२५ इतिहासकै सबैभन्दा बन्यो तातो वर्ष
मंगलबार, पुस १५, २०८२
काठमाडौँ । वैज्ञानिकहरूका अनुसार सन् २०२५ मानव गतिविधिबाट प्रेरित जलवायु परिवर्तनका कारण इतिहासकै सबैभन्दा तातो तीन वर्षमध्ये एक बनेको छ । यस वर्षले पहिलो पटक तीन वर्षको औसत तापक्रमका आधारमा पूर्व–औद्योगिक कालको तुलनामा तापमान वृद्धिलाई १.५ डिग्री सेल्सियसभन्दा तल राख्ने सन् २०१५ को पेरिस सम्झौतामा तोकिएको सीमा पार गरेको हो...
गण्डकीमा १८ लाख बढी मतदाता र एक हजार २९७ मतदानस्थल कायम
मंगलबार, पुस १५, २०८२
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि गण्डकी प्रदेशमा कुल १८ लाख ७० हजार ६५ मतदाता कायम भएका छन् । प्रदेश निर्वाचन कार्यालय पोखराका अनुसारका सबैभन्दा बढी कास्कीमा तीन लाख आठ हजार ५७२ मतदाता रहेका छन् । सबैभन्दा कम मनाङमा मतदाता सङ्ख्या जम्मा सात हजार छन् । स्याङ्जामा...
आज तमु ल्होसार पर्व मनाइँदै
मंगलबार, पुस १५, २०८२
काठमाडौँ । गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर आज तमु ल्होसार पर्व मनाउँदै छन् । ल्हो को अर्थ ‘वर्ष’ र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रूपमा भव्य रूपमा मनाउँछन् ।
तमु ल्होसार पर्व...
अझै रोकिएन महिनावारीका नाममा विभेद
सोमबार, पुस १४, २०८२
बझाङ । विसं २०४० सालमा पहिलोपटक महिनावारी हुँदा जयन्ती जोशीलाई गाउँलेले मानसिक तनाव दिएका थिए । तत्कालीन समयमा गाउँलेहरु बिहेअगाडि नै महिनावारी हुनुहुँदैन भन्ने गलत मान्यता राख्थे । बिहेअघि नै महिनावारी भयो भने छोरीको बिहे हुँदैन भन्ने सोच व्याप्त थियो ।
महिनावारी हुँदा कोठाभित्रै बस्नुपर्ने बाध्यता हुँदा पनि जोशीले एसएलसी...
इन्डोनेसियाको नर्सिङ होममा आगलागी, १६ जनाको मृत्यु
सोमबार, पुस १४, २०८२
इन्डोनेसियाको सुलावेसी टापूको मानाडो सहरमा रहेको एक नर्सिङ होममा आगलागी हुँदा १६ जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । स्थानीय दमकल विभागका प्रमुख जिमी रोतिन्सुलुले आगलागी आइतबार राति करिब ८ः ३० बजे सुरु भएको र धेरै वृद्ध बासिन्दा आफ्नो कोठामा विश्राम गरिरहेका बेला घटना भएको बताए...
चिराइतो बिक्री नहुँदा ताप्लेजुङका किसान चिन्तित
सोमबार, पुस १४, २०८२
ताप्लेजुङ । यहाँ उत्पादित चिराइतोले बजार मूल्य नपाउँदा किसान चिन्तित बनेका छन् । गत वर्ष प्रतिमन रु ६५ हजारसम्ममा खरिद बिक्री भएको चिराइतो यस वर्ष कारोबार ठप्प छ ।
मिक्वाखोला गाउँपालिका–५ पापुङका तेन्जिङ पेर्शाले गत वर्ष रु ४० हजारमा २० मन चिराइतो बिक्री गरे । व्यापारी घरमै आएर चिराइतो खरिद...
वीरगञ्जको सीमा नाकाबाट १६३ जना किशोरीको उद्धार
आइतबार, पुस १३, २०८२
वीरगञ्ज । वीरगञ्ज नाकाबाट जोखिमपूर्ण अवस्थामा रहेका एक सय ६३ जना महिला तथा किशोरीको उद्धार गरिएको छ । माइती नेपालले सन् २०२५ मा सीमा क्षेत्रमा निगरानी गरेर जोखिमपूर्ण अवस्थामा रहेका महिला तथा बालबालिकाको उद्धार गरेको हो ।
माइती नेपाल वीरगञ्ज पर्साका पर्यवेक्षक गोमाकुमारी पौडेलले सीमावर्ती क्षेत्रबाट जोखिमपूर्ण अवस्थामा रहेका एक...



