बागलुङ नगरपालिकामा सडकको कालोपत्र र ढलान सुरु
आइतबार, कात्तिक २३, २०८२
आठवर्षसम्म पाएन मङ्गला गाउँपालिकाले भवन बनाउन निःशुल्क जग्गादाता
आइतबार, कात्तिक २३, २०८२
म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिकाको प्रशासकीय भवन निर्माण गर्ने योजना स्थापनाको आठ वर्षसम्म जग्गा प्राप्ति प्रक्रियामै अल्झिएको छ । तीव्र रूपमा बस्ती विकास भइरहेको पालिकाको केन्द्र बाबियाचौरमा मापदण्ड पुग्ने जग्गा निःशुल्क दिन नसक्नु, सरकारी दररेटअनुसार उपलब्ध गराउन रुचि नदेखाउनु, विवाद, समन्वयको कमी र मुद्दाका कारण जग्गा प्राप्ति सकसपूर्ण बनेको हो...
नासोलाई आइएयुको राष्ट्रिय सदस्यको मान्यता प्राप्त
शनिबार, कात्तिक २२, २०८२
काठमाडौँ । लामो समयको प्रयासपछि नेपाल खगोल विज्ञानको सर्वोच्च संस्था इन्टरनेसनल एष्ट्रोनोमिकल युनियन (आइएयु) को सदस्य राष्ट्र बन्न सफल भएको छ । आइएयुमा नेपालको तर्फबाट नेपाल एष्ट्रोनोमिकल सोसाइटी (नासो) ले प्रतिनिधित्व गर्ने भएको छ ।
आइएयुले राष्ट्रिय सदस्यका रूपमा मान्यता दिएसँगै सन् २००७ देखि नेपालमा सञ्चालित कार्यक्रमको औचित्य पुष्टि गर्न...
म्याग्दीमा सडक पूर्वाधारका ३२ योजना कार्यान्वयनमा
शनिबार, कात्तिक २२, २०८२
गण्डकी प्रदेश सरकारले म्याग्दीमा चालु आर्थिक वर्ष २०८२/८३ मा सडक पूर्वाधार सम्बन्धी ३२ योजना सञ्चालन गर्ने भएको छ । पूर्वाधार विकास कार्यालय म्याग्दी मार्फत कार्यान्वयन हुने सडक स्तरोन्नति, मोटरेबल र झोलुङ्गे पुल निर्माण सम्बन्धी योजनाका लागि प्रदेश सरकारले रु ६२ करोड बजेट विनियोजन गरेको छ ।
काठमाडौँमा आउने मेलम्चीको पानी पूर्ण रूपमा रोकियो
शुक्रबार, कात्तिक २१, २०८२
काठमाडौँ । आफ्ना माग पुरा नभएको भन्दै भेण्डर, मेलम्ची बाढी पीडितलगायतका समितिहरुको समूहले मेलम्ची खानेपानी काठमाडौँ पथान्तरण बन्द गरेका छन् ।
मेलम्ची खानेपानी आयोजना अन्तर्गतको मुहान क्षेत्रमा बिहीबार स्थानीयवासीले काठमाडौँ पथान्तरण गरिने पानी बन्द गरेको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक जगरनाथ दासले जानकारी दिए ।
‘भोजपुरे खुकुरी’ को मुल्य पाँच सयदेखि ५२ हजार
शुक्रबार, कात्तिक २१, २०८२
भोजपुर । देश विदेशमा आफ्नो विशेष पहिचान बनाएको भोजपुरे खुकुरी’ आज पनि स्थानीय कालीगढहरूको हातमै चम्किरहेको छ । भोजपुर खुकुरी उद्योगका लागि परिचित जिल्ला हो । यहाँ अहिले पनि मागअनुसारका विभिन्न प्रकारका खुकुरी तयार पारिन्छन् ।
स्थानीय खुकुरी व्यवसायी हीरा श्रेष्ठका अनुसार भोजपुरमा बन्ने खुकुरीको मूल्य न्यूनतम रु पाँच सयदेखि...
नेपालगञ्ज कारागारमा क्षमताभन्दा दोब्बर कैदीबन्दी
बिहीबार, कात्तिक २०, २०८२
नेपालगञ्ज कारागारमा क्षमता भन्दा दोब्बर कैदीबन्दी राखिएको छ । ‘एडभोकेसी’ फोरम नेपाल, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र उपभोक्ता संरक्षण मञ्च लुम्बिनी प्रदेशले संयुक्त रूपमा गरेको अनुगमनमा जेनजी प्रदर्शनपछि बाँके कारागारमा क्षमता भन्दा दोब्बर कैदीबन्दी राखिएको पाइएको हो ।
आजको मौसम : पहाडी भेगमा हल्का वर्षा र हिमपातको सम्भावना
बिहीबार, कात्तिक २०, २०८२
काठमाडौँ । हाल मुलुकका पश्चिमी भागमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहने छ । महाशाखाका अनुसार कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागका एकदुई स्थानमा हल्का वर्षा र...
लापसे र मापसे गरी सवारी चलाउने ९ जना चालक ट्राफिकको नियन्त्रणमा
बुधबार, कात्तिक १९, २०८२
काठमाडौं । काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा भएको चेकिङमा लागु पदार्थ सेवन गरी सवारी साधन चालाउने ४ जना चालक र मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने ५ जना चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।
मादक पदार्थ सेवन गरि सार्वजनिक भाडाका सवारी साधन चलाउने २ जना, स्कुल बसका चालक २...
शान्ति र न्यायको मार्गमा अग्रसर हुनुपर्नेमा नेता रिजालको जोड
बुधबार, कात्तिक १९, २०८२
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजालले विश्व व्यवस्था कायम गर्न युद्ध र एकाधिकारको अन्त्य तथा शान्ति र न्यायको मार्गमा सबै अग्रसर हुनुपर्नेमा जोड दिएका छन् । चाइनिज एकेडेमी अफ सोसियल साइन्सेसले मङ्गलबार बेइजिङमा आयोजना गरेको समाजवादी फोरमको १५ औँ विश्व सम्मेलनमा उनले विश्व राजनीतिमा देखिएको प्रभुत्वको प्रतिरोध...
आजको मौसम : पहाडी भेगमा मध्यम वर्षा र हिमपात हुने
बुधबार, कात्तिक १९, २०८२
काठमाडौँ । हाल मुलुकका पश्चिमी भागमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली हुनेछ । महाशाखाका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा...
इलाममा बाढीपहिरोले ११ अर्ब ८१ करोड बढीको क्षति, ३९ को मृत्यु
मंगलबार, कात्तिक १८, २०८२
गत असोज १८ र १९ गतेको अकल्पनीय वर्षापछिको बाढीपहिरोले इलाम जिल्लामा रु ११ अर्ब ८१ करोडभन्दा बढीको क्षति भएको छ ।जिल्लाका विभिन्न सडक, पुल, भवन, खानेपानी, सिँचाइ, पशुपन्छी र कृषिजन्य क्षेत्रमा कुल रु ११ अर्ब ८१ करोड ७९ लाख ८५ हजार ७०३ बराबरको क्षति भएको प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सुनिता...
यस्तो छ आजको मौसम ?
मंगलबार, कात्तिक १८, २०८२
काठमाडौँ । आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थान तथा बाँकी प्रदेशका पहाडी भागका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको...



