आजदेखि सरकारी कार्यालयमा सरसफाइ अभियान
सोमबार, वैशाख २८, २०८३
नेपालगञ्जमा प्रभावकारी बन्दै आवास बिमा कार्यक्रम
आइतबार, वैशाख २७, २०८३
गत वर्षको भदौमा परेको अविरल वर्षाले नेपालगञ्ज उपमहानगरपालिका–७ निवासी उत्तमसिंह पञ्जावीको घर भत्कियो । वर्षौँ दुःख गरेर बनाएको घर क्षतिग्रस्त भएपछि उनको परिवारलाई निकै तनाव भएको थियो । “त्यो रात सम्झिँदा अझै डर लाग्छ । निरन्तरको पानीले घरको केही भाग भत्कियो । परिवारका सबै सदस्यले भागेर ज्यान जोगायौँ”, पञ्जावीले विगत...
११ वर्षपछि ग्रामीण सडक कालोपत्रे
आइतबार, वैशाख २७, २०८३
विकासका हिसाबले ओझेलमा परेको रामतोला गाउँ जोड्ने सडक कालोपत्रे गरिएको छ । सदरमुकाम रहेको बागलुङ नगरपालिकामा पर्ने रामतोला गाउँ जोड्ने सडक पहिलो पटक कालोपत्रे गरिएको हो ।
भौगोलिक विकटताका कारण पछाडि परेको यस गाउँलाई जोड्न २०७२ सालमा मार्ग खुलेको थियो । मार्ग खुलेको ११ वर्षपछि अहिले कालोपत्रे गरिएको हो ।...
उपत्यकामा जथाभावी हर्न बजाउने २०० चालक कारबाहीमा
शनिबार, वैशाख २६, २०८३
काठमाडौँ उपत्यकामा बढ्दो ध्वनि प्रदूषण नियन्त्रण तथा ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सञ्चालन गरेको विशेष अभियानअन्तर्गत आज जथाभावी हर्न बजाउने २०० भन्दा बढी सवारीसाधनका चालकलाई कारबाही गरिएको छ ।
उपत्यकाका विभिन्न मुख्य सडक, व्यस्त चोक तथा सवारी चाप बढी हुने क्षेत्रमा ट्राफिक प्रहरीले विशेष निगरानी सञ्चालन...
न्यायिक महोत्सव गर्दै उच्च अदालत जनकपुर
शनिबार, वैशाख २६, २०८३
मधेस प्रदेशमा पहिलो पटक न्यायिक महोत्सव आज जनकपुरधाममा हुँदै छ । न्यायिक सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी र नागरिकमैत्री बनाउने उद्देश्यसहित अदालतको कार्यप्रगति, मुद्दा फछ्र्योटको अवस्था तथा आगामी न्यायिक मेला गर्न लागेको जनकपुर उच्च अदालतका कायममुकायम मुख्य न्यायाधीश टेकनारायण कुँवरले बताए ।
सो मेलामा अदालतको समग्र कार्यसम्पादन, मुद्दा व्यवस्थापन प्रणाली,...
टिपरको ठक्करबाट एक महिलाको मृत्यु
शुक्रबार, वैशाख २५, २०८३
नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा टिपरले मोटरसाइकलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
जिल्लाको गैँडाकोट नगरपालिका-९ थुम्सीस्थित पूर्व-श्चिम राजमार्गमा आज दिउँसो ना७ख ८६२१ नम्बरको टिपरले सोही दिशातर्फ गइरहेको लु४१प ९२३७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार देवचुली नगरपालिका-१० का ३५ वर्षीय जमुदा गिरी...
चितवन कारगारबाट फरार भारतीय कैदी पक्राउ
शुक्रबार, वैशाख २५, २०८३
कारागार कार्यालय चितवनबाट भागेका कैदीबन्दीमध्ये एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउपर्नेमा भारतीय नागिरक रहेका छन् । यस कारागारमा रहेका ११ जना भारतीय नागरिक भागेका थिए । उनलाई वीरगञ्जबाट पक्राउ गरी ल्याइएको हो ।
कार्यालयका प्रमुख रवीन्द्रप्रसाद ढुङ्गानाका अनुसार लागुऔषध मुद्दामा कैद सजाय भोगिरहेकी ७० वर्षीया रुवेदा खातुन भनिने...
आज र भोलि दोस्रो विश्वयुद्धका पीडितको स्मृति दिवस मनाइँदै
शुक्रबार, वैशाख २५, २०८३
विश्वका विभिन्न देशमा आज र भोलि दोस्रो विश्वयुद्धका पीडितको स्मृति दिवस मनाइँदै छ ।
संयुक्त राष्ट्रसङ्घको महासभाले सन् २००४ नोभेम्बर २२ मा पारित गरेको प्रस्तावअनुसार हरेक वर्ष मे ८ र ९ लाई दोस्रो विश्वयुद्धका सबै पीडितको सम्झना तथा मेलमिलाप दिवसका रूपमा मनाउन प्रारम्भ भएको हो ।
उक्त प्रस्तावमार्फत सदस्य राष्ट्र,...
आज राष्ट्रिय पत्रकारिता दिवस मनाइँदै
बिहीबार, वैशाख २४, २०८३
आज राष्ट्रिय पत्रकारिता दिवस मनाइँदैछ । विसं १९५८ वैशाख २४ गते पहिलो अखबारका रुपमा ‘गोर्खापत्र’ साप्ताहिकका रुपमा प्रकाशन भएको दिनको अवसर पारेर २०७३ सालदेखि सरकारले हरेक वैशाख २४ गतेलाई राष्ट्रिय पत्रकारिता दिवस मनाउन सुरुआत गरेको हो ।
पत्रकारिता क्षेत्रको समग्र विकास, सामाजिक उत्तरदायित्व र पेसागत तथा व्यावसायिक सुरक्षाको स्मरण गर्दै...
अनौपचारिक रूपमा विप्रेषणको काम, कारोबार नगर्न/नगराउन अनुरोध
बिहीबार, वैशाख २४, २०८३
इजरायलस्थित नेपाली राजदूतावासले इजरायल तथा साइप्रसमा रही कोही कसैले पनि अनौपचारिक रूपमा विप्रेषणको काम, कारोबार नगर्न/नगराउन अनुरोध गरेको छ । त्यहाँस्थित दूतावासले बुधबार सूचना जारी गरी इजरायल तथा साइप्रसमा रही कसैले त्यस्तो काम कारोबार गरेको भए त्यस्तो कार्य गर्ने, गराउनेको विवरण प्रमाणसहित राजदूतवासमा जानकारी गराउन आग्रहसमेत गरेको छ । यसले...
बैंकिङ कसुर मुद्दाका फरार कन्दङवा पक्राउ
बुधबार, वैशाख २३, २०८३
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बैंकिङ कसुर मुद्दामा फरार रहेका तेह्रथुमको फिदिम नगरपालिका–४ की ५८ वर्षीया सलिजा कन्दङवालाई पक्राउ गरेको छ । दीपक विश्वकर्माको जाहेरीका आधारमा चेक अनादर मुद्दामा फरार कन्दङवालाई काठमाडौँ महानगरपालिका–३१ भीमसेनगोलाबाट पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए...
जेठ १० गते यार्सागुम्बा सङ्कलन गर्न पाइने
बुधबार, वैशाख २३, २०८३
आगामी जेठ १० गते डोल्पाका विभिन्न पाटन यार्सागुम्बा सङ्कलनका लागि खुला गरिने भएको छ । मंगलबार बसेको सर्वपक्षीय सर्वदलीय बैठकले १० गते सबै पाटन यार्सागुम्बा सङ्कलनका लागि खुला गर्ने निर्णय भएको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जका निमित्त कार्यालय प्रमुख विज्ञान सेनले जानकारी दिए ।
विदेश पठाउने नाममा लाखौँ ठगी गर्ने तीन जना पक्राउ
मंगलबार, वैशाख २२, २०८३
प्रहरीले वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिने भन्दै लाखौँ रकम ठगी गर्ने तीन जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौँ बूढानीलकण्ठ नगरपालिका–९ बस्ने सोलुखुम्बु सोलुदूधकुण्ड नगरपालिका–१ घर भएका ३१ वर्षीय शक्ति राई, काठमाडौँ बूढानीलकण्ठ नगरपालिका–११ बस्ने सिन्धुपाल्चोक पाँचपोखरी गाउँपालिका–१ घर भएकी ३९ वर्षीया विमला दोङ र काठमाडौँ...



