Khabar Out
लुम्बिनी प्रदेशसभा बैठक बस्दै, यस्ताे छ कार्यसूची
लुम्बिनी प्रदेशसभा बैठक बस्दै, यस्ताे छ कार्यसूची लुम्बिनी प्रदेशसभाको आठौँ अधिवेशनअन्तर्गत पाँचौँ बैठक आज दिउँसो १ः०० बजे बस्ने भएको छ । प्रदेशसभा सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार बैठकमा प्रदेशसभा सदस्यहरुले समसामयिक विषयमा आफ्ना धारणा राख्ने कार्यसूची तय गरिएको छ ।
पाँचथरको याङवरकमा बाढीपहिरोले सडक, झोलुङ्गे पुल बगायो
पाँचथरको याङवरकमा बाढीपहिरोले सडक, झोलुङ्गे पुल बगायो अविरल वर्षापछि गए राति आएको बाढीपहिरोले पाँचथरको याङवरक गाउँपालिकामा ठूलो क्षति पुर्याएको छ । याङवरक गाउँपालिका वडा नं १, २ र ३ मा बाढी पहिरोले घरगोठहरु, सडक, झोलुङ्गे पुल, जलविद्युत् आयोजनालगायतमा क्षति पुर्याएको हो । याङवरक गाउँपालिकाका उपाध्यक्ष बाबा मेन्याङ्बोका अनुसार बाढी पहिरोले हालसम्म वडा नं १ मा दुई वटा...
केपिलासगढीमा ‘मह सिकार महोत्सव’
केपिलासगढीमा ‘मह सिकार महोत्सव’ केपिलासगढी गाउँपालिकाले आयोजना गरेको भीर मौरीको मह सिकार महोत्सवमा आन्तरिक तथा बाह्य पर्यटक बढेका छन् । लोपोन्मुख अवस्थामा पुगेको भीर मौरीलाई संरक्षण गर्दै पर्यटन प्रवर्द्धन गर्न कोशी प्रदेश सरकार, पर्यटन, वन तथा वातावरण मन्त्रालयसँगको समन्वयमा गाउँपालिकाले मह सिकार महोत्सवको आयोजना गरिएको हो । महोत्सवमा फेदीस्थित तेरावाको महभीरमा परम्परागत रुपमा स्थानीयले...
तरलता व्यवस्थापनका लागि एक खर्ब रकम उठाउँदै राष्ट्र बैंक
तरलता व्यवस्थापनका लागि एक खर्ब रकम उठाउँदै राष्ट्र बैंक नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि आज रु एक खर्ब बराबरको रकम उठाउन लागेको छ । केन्द्रीय बैंकले सूचनामार्फत कूल ६१ दिनका लागि निक्षेप सङ्कलन उपकरणको बोलकबोल गर्न लागिएको जनाएको छ ।
सीमान्तकृत विद्यार्थीलाई उच्च शिक्षामा पहुँच अभिवृद्धि गर्न छात्रवृत्ति कार्यक्रम
सीमान्तकृत विद्यार्थीलाई उच्च शिक्षामा पहुँच अभिवृद्धि गर्न छात्रवृत्ति कार्यक्रम आर्थिक अभावकै कारण उच्च शिक्षाबाट वञ्चित हुनसक्ने सीमान्तकृत तथा विपन्न समुदायका विद्यार्थीलाई सहयोग गर्ने उद्देश्यले कृष्णपुर नगरपालिकाले यस वर्षदेखि ‘लवरु राना थारु उच्च शिक्षा छात्रवृत्ति कार्यक्रम’ सञ्चालनमा ल्याएको छ । सामाजिक न्याय, समावेशी शिक्षा तथा पछाडि पारिएका समुदायको शैक्षिक पहुँच विस्तार गर्ने लक्ष्यसहित नगरपालिकाले छात्रवृत्ति कार्यक्रम सञ्चालन गरेको हो ।
हिंसापीडित महिलाका लागि प्रभावकारी बन्दै ‘अल्पकालीन सेवा केन्द्र’
हिंसापीडित महिलाका लागि प्रभावकारी बन्दै ‘अल्पकालीन सेवा केन्द्र’ हिंसापीडित महिलाका लागि स्याङ्जामा सञ्चालनमा ल्याइएको अल्पकालीन सेवा केन्द्र प्रभावकारी बन्दै गएको छ । जिल्लाभित्र कुनै पनि हिंसामा परेका महिलाका लागि उद्धार, राहत तथा पुनःस्थापना गर्ने उद्देश्यसहित अल्पकालीन सेवा केन्द्र स्थापना गरी सञ्चालन गरिएको हो । गण्डकी प्रदेश सरकारअन्तर्गत एकीकृत सेवा कार्यालय स्याङ्जाद्वारा पुतलीबजार नगरपालिकाको संयोजकत्व, जिल्लाका ११ वटै स्थानीय...
उच्चशिक्षामा कृत्रिम बौद्धिकताको विवेकशील प्रयोगमा जोड
उच्चशिक्षामा कृत्रिम बौद्धिकताको विवेकशील प्रयोगमा जोड सार्क देशका विज्ञहरूले कृत्रिम बौद्धिकतालाई मानव सेवामा लगाउन यसको विवेकशील प्रयोगमा जोड दिएका छन् । राज्यले जतिसक्दो छिटो नीति बनाएर यसको दुरुपयोग रोक्नुपर्ने विज्ञको धारणा छ । त्रिभुवन विश्वविद्यालयको आयोजना र एसियाली विकास बैङ्क तथा संयुक्त राष्ट्र शैक्षिक, वैज्ञानिक र सांस्कृतिक सङ्गठन (युनेस्को) को आर्थिक सहयोगमा बुधबारदेखि राजधानीमा सुरु भएको...
एसियाली राजमार्ग : ‘आर्क’ प्रविधिका पुल निर्माण
एसियाली राजमार्ग : ‘आर्क’ प्रविधिका पुल निर्माण एसियाली राजमार्ग (एसियन हाइवे)अन्तर्गत काँकरभिट्टा–लौकही सडक योजना (पश्चिम खण्ड)मा पर्ने तीनवटा पुलको निर्माण द्रुतगतिमा अघि बढेको छ । आयोजनाका प्रमुख जगत प्रजापतिका अनुसार योजनाको पाँचौँ प्याकेजअन्तर्गत झापाको रतुवासहित मोरङको लोहन्द्रा र बक्राहा नदीमा आधुनिक ‘आर्क’ प्रविधिका पुल निर्माण भइरहेका छन् । हालसम्म पुल निर्माणतर्फ ४० प्रतिशत भौतिक प्रगति हासिल भएको...
परीक्षणसम्बन्धी नयाँ नियमले चिया निर्यात ठप्प
परीक्षणसम्बन्धी नयाँ नियमले चिया निर्यात ठप्प भारतीय चिया विकास निगमले चिया आयातमा ट्रकैपिच्छे प्रयोगशाला परीक्षण (ल्याब टेस्ट) अनिवार्य गर्ने नयाँ नियम लागू गरेपछि विगत दुई सातादेखि नेपाली चियाको निर्यात पूर्ण रूपमा ठप्प भएको छ । भारतको यो नीतिगत कडाइका कारण वार्षिक रु पाँचदेखि छ अर्ब वैदेशिक मुद्रा आर्जन गर्ने नेपालको चिया उद्योग ठूलो सङ्कटमा परेको व्यवसायीहरूले...
विपद्का समयमा नसर्ने रोगी उच्च जोखिममा
विपद्का समयमा नसर्ने रोगी उच्च जोखिममा कैलालीको भजनी नगरपालिका र कञ्चनपुरको लालझाडी गाउँपालिकाले विपद्को अवस्थामा नसर्ने रोगसम्बन्धी अत्यावश्यक प्रतिकार्य कार्यक्रम ‘पेन डी’लाई आगामी नीति तथा कार्यक्रममा समावेश गर्ने भएका छन् । रक्तचाप, मधुमेह, क्यान्सर, मुटु तथा श्वासप्रश्वाससम्बन्धी रोग बढ्दै गएपछि ती पालिकाले उपचार र जनचेतनाका कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाएका हुन् । विश्व स्वास्थ्य संगठनका अनुसार...
एक महिनामा २०५ अपराधका मुद्दा दर्ता
एक महिनामा २०५ अपराधका मुद्दा दर्ता प्रहरीले बाँकेमा एक महिनाका अवधिमा विभिन्न अपराधका २०५ मुद्दा दर्ता गरेको छ । जिल्ला प्रहरी कार्यालय, बाँकेले जिल्लाभरको प्रगति प्रतिवेदन सार्वजनिक गर्दै गत वैशाख महिनामा मात्रै ती मुद्दा दर्ता भएको जनाएको हो । जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक दीपक पातलीले प्रहरीमा दर्ता भएका मुद्दामध्ये जघन्य तथा गम्भीर प्रकृतिका...
Weather Update