Khabar Out
काठमाडौँमा दुई जना मृत फेला

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१७ धोबीचौरस्थित पब्लिक युथ क्याम्पस नजिकै सडक पेटीमा बिहीबार एक जना मृतवस्थामा फेला परेका छन् । हाल नाम, थर र वतन नखुलेका अन्दाजी ६० वर्षीय पुरुष मृतावस्थामा फेलापरेका प्रहरीले जनाएको छ ।

यसैगरी काठमाडौँ कीर्तिपुर नगरपालिका–६ चोभारस्थित बागमती खोलामा हाल नाम, थर र वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरुष पनि आज मृतावस्थामा फेलापरेका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले जानकारी दिए । यस विषयमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रवक्ता काफ्लेले बताए । 

प्रकाशित मिति: शुक्रबार, माघ १६, २०८२  १०:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update