धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु
धनकुटा । ताङ्खुवाबाट धनकुटा आइरहेको टाटा सुमो छथर जोरपाटी गाउँपालिका– ३ बञ्चरेमा दुर्घटना हुँदा घटनास्थलमै एक जनाको मृत्यु भएको छ ।
धनकुटाका प्रहरी नायव उपरीक्षक हेमन्त भण्डारीका अनुसार मृतकको परिचय खुलेको छैन । दुर्घटनाको अन्य विवरण पनि प्राप्त भएको छैन । दुर्घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा परिचालन भएको जनाइएको छ । रासस
प्रकाशित मिति: आइतबार, असोज ४, २०८३ १५:४७
प्रतिक्रिया दिनुहोस्






