Khabar Out
शुक्रराज सरुवा अस्पतालको निर्देशकमा बाँस्तोला नियुक्त

काठमाडौँ । सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको निर्देशकमा डा अनुप बाँस्तोला नियुक्त भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा गौतमले मन्त्रिस्तरीय निर्णय गर्दै बास्तोलालाई निर्देशक पदमा नियुक्ति गरेको मन्त्रालयका प्रवक्ता डा प्रकाश बूढाथोकीले जानकारी दिए ।

यसअघि अस्पतालका निर्देशक डा युवानिधि बसौला गण्डकी प्रदेशको स्वास्थ्य सचिवमा सरुवा भएका थिए । यसअघि पनि बाँस्तोलाले सोही अस्पतालमा निर्देशकको रुपमा काम गरिसकेका थिए  ।

प्रकाशित मिति: बिहीबार, माघ ८, २०८२  २२:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update