अन्तर्राष्ट्रिय कल बाइपासमा संलग्न राजवंशी पक्राउ
काठमाडौँ । गैरकानुनी रूपमा अन्तरराष्ट्रिय आगमन कल बाइपास (भीओआईपी) सञ्चालन गर्ने एक युवा पक्राउ परेका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले नेपाल टेलिकम र एनसेलको सहयोगमा काठमाडौंको ज्ञानेश्वरबाट झापाका राजन राजवंशीलाई शुक्रबार पक्राउ गरेको हो ।
काठमाडौं महानगरपालिका–३० ज्ञानेश्वरस्थित सलिना राईले सञ्चालन गरेको एक कम्पनीमा इन्टरनेट प्रयोग गरी कल बाइपास गरेको प्रहरीले जनाएको छ । कल बाइपास गर्ने उपकरणसहित पक्राउ परेका उनलाई दूरसञ्चार ऐन, २०५३ अन्तर्गतको कसुरमा अनुसन्धान भइरहेको छ ।
प्रहरीले उनको साथबाट विभिन्न कम्पनीको राउटर र एडप्टर, कम्प्युटर, युपिएसलगायत उपकरण बरामद गरेको ब्युरोका प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले जानकारी दिए ।
प्रकाशित मिति: शुक्रबार, पुस १८, २०८२ २०:१२
प्रतिक्रिया दिनुहोस्



