काठमाडौँ । नेपाल प्रहरीले अवैध लागुऔषधसहित विभिन्न स्थानबाट २० जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार काठमाडौँ महानगरपालिका–५ भत्केकोपुलबाट नियन्त्रित लागुऔषध ट्रामाडोल १९० ट्याब्लेटसहित महानगरपालिका–४ धुम्बाराही बस्ने ४२ वर्षीय सुरेश श्रेष्ठ र काठमाडौँ कपन बस्ने सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिका–२ घर भएका ३१ वर्षीय सुरेन्द्र गुरूङ रहेका छन् ।
त्यसैगरी प्युठान, नौबहिनी गाउँपालिका–६ स्थित कुलाखोलाबाट अवैध लागुऔषध गाँजा करिब ५० ग्रामसहित तीन जनालाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही गाउँपालिका–६ उपल्लो बहाने बस्ने २० वर्षीय राजु परियार, २५ वर्षीय जीवन केसी र ३२ वर्षीय विमल केसी रहेका छन् ।
कञ्चनपुर, बेलौरी नगरपालिका–७ बरैयाबाट अवैध लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ दुई ग्राम ३५० मिलिग्रामसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा शुक्लाफाँटा नगरपालिका–९ नौखरी बस्ने २६ वर्षीय विक्रम डगौरा र सोही नगरपालिका–१० बस्ने २२ वर्षीय महेश चौधरी रहेका छन् ।
यसैगरी कञ्चनपुर, भीमदत्त नगरपालिका–१८ कटान जानकी टोलबाट अवैध लागुऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थ ११० मिलिग्राम सहित सोही नगरपालिका–३ भाँषी बस्ने १८ वर्षीय किशोरलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
बर्दिया, बढैयाताल गाउँपालिका–७ बाट अवैध लागुऔषध ब्राउनसुगरजस्तो देखिने पदार्थ तीन ग्राम २० मिलिग्रामसहित बाँके कोहलपुर नगरपालिका–११ बस्ने २० वर्षीय सचिन थारूलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
चितवन, भरतपुर महानगरपालिका–५ बाट अवैध लागुऔषध ब्राउनसुगरजस्तो देखिने पदार्थ करिब तीन ग्राम र नगद रु १६ हजार ५६५ सहित तीन जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने २८ वर्षीय कुशल श्रेष्ठ, सोही महानगरपालिका–४ नवदुर्गाचोक बस्ने २७ वर्षीय रिसत सुवेदी र सोही महानगरपालिका–७ बुद्धचोक बस्ने २२ वर्षीय पुजन भन्ने शशी गहतराज रहेका छन् ।
सर्लाही, मलङ्गवा नगरपालिका–११ गमरीया बस्ने ४५ वर्षीय प्रमोद चौधरीलाई अवैध लागूऔषध गाँजा ५०० ग्राम, नियन्त्रित लागुऔषध नाइट्राजेपाम ४७ ट्याब्लेट र स्पास्मो ५४ ट्याब्लेट बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
सिराहा, नरहा गाउँपालिका–५ बलुवा टोलबाट नियन्त्रित लागुऔषध नाइट्राभेट २७ ट्याब्लेट दुई जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मिर्चैया नगरपालिका–११ दनुवारी टोल बस्ने २१ वर्षीय सुदीप ठाकुर र सोही नगरपालिका–४ बस्ने २३ वर्षीय सुभाष दनुवार रहेका छन्।
झापा, मेचीनगर नगरपालिका–६ बाट अवैध लागुऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थ तीन ग्राम ८०० मिलिग्रामसहित अर्जुनधारा नगरपालिका–१० बस्ने २७ वर्षीय डम्बरबहादुर लिम्बूलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
यसैगरी झापा, झापा गाउँपालिका–४ टाघनडुब्बाबाट अवैध लागुऔषध ब्राउनसुगरजस्तो देखिने पदार्थ १५ ग्राम ३८ मिलिग्रामसहित सोही गाउँपालिका–२ सडकबारी बस्ने १९ वर्षीय मोहन राजवंशी दुई जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।






