Khabar Out
बैंकिङ कसुर मुद्दामा फरार व्यक्ति पक्राउ

काठमाडौं । बैंकिङ कसुर मुद्दामा ३६ लाख जरिवाना र पाँच दिन कैद सजाय ठहर भएका एकजना फरार व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–११ भोटेबहाल बस्ने ४१ वर्षीय मनोहरलाल श्रेष्ठ रहेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए ।

उनले भने, “जिल्ला अदालत काठमाडौंको २०८१ असार २३ गतेको फैसलाले उक्त मुद्दामा ३६ लाख जरिवाना र पाँच दिन कैद सजाय ठहर भई फरार रहेका निजलाई काठमाडौं महानगरपलिका–१५ स्वयम्भूबाट पक्राउ गरिएको हो ।”

निज श्रेष्ठलाई फैसला कार्यान्वयनका लागि आज जिल्ला अदालत काठमाडौंमा पेस गरिएको प्रवक्ता आचार्यले बताए । रासस

प्रकाशित मिति: बुधबार, पुस २, २०८२  २२:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update