Khabar Out
राष्ट्रपति पौडेलले दिए एनपीएल विजेता टोलीलाई बधाई

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल प्रिमियर लिग (एनपीएल) को विजेता टोली लुम्बिनी लायन्सलाई बधाई दिएका छन् ।

उनले आज सामाजिक सञ्जाल (फेसबुक)मार्फत विजेतालगायत सबैलाई बधाई दिएका हुन् । 

राष्ट्रपति पौडेलले सामाजिक सञ्जालमार्फत भनेका छन्- 'खेलप्रतिको लगाव, उत्साह र समर्पणका लागि विजेता, उपविजेतालगायत सम्पूर्ण टोलीलाई बधाई छ । साथै खेलाडी, प्रशिक्षक, आयोजक र खेलप्रेमी सबैलाई विशेष धन्यवाद छ ।'

यसअघि प्रधानमन्त्री सुशीला कार्कीले पनि विजेता टोलीलाई बधाई दिएकी थिइन् । 

लुम्बिनी लायन्सले दोस्रो संस्करको एनपीएल उपाधि भिडन्तमा सुदूपश्चिम रोयल्सलाई पराजित गरेको थियो । 

प्रकाशित मिति: शनिबार, मंसिर २७, २०८२  २२:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update