काठमाडौं । स्ट्राइकर ह्यारी केनले यसपटकको बालोन डी’ओर अवार्ड जितेका छन् ।
केनले केलियन एमपाप्पे, लामिन यामललगायत खेलाडीलाई पछि पारे । सन् २०२५–२६ को सिजनमा क्लब र देशका लागि उत्कृष्ट प्रदर्शन गरेका केनले यो अवार्ड हात पारेका हुन् ।
यससँगै केन पछिल्लो २५ वर्षपछि बालोन डी’ओर जित्ने पहिलो इंग्लिस खेलाडी बनेका छन् । पछिल्लोपटक सन् २००१ मा माइकल ओवेनले यो अवार्ड जितेका थिए ।
सन् २०२५–२६ को सिजनमा उनले उपाधिसँगै व्यक्तिगत गोलको कीर्तिमान समेत कायम गरे ।
इंग्ल्यान्डका कप्तान केनले उक्त सिजन बायर्नका लागि सबै प्रतियोगितामा गरी ५१ खेलमा ६१ गोल गरेका थिए ।
त्यस्तै, स्पेनकी मिडफिल्डर एलेक्सिया पुटेलासले तेस्रोपटक महिलातर्फको बालोन डी’ओर अवार्ड जितेकी छन् ।
उनले सन् २०२५–२६ को सिजनमा बार्सिलोनाबाट खेल्दै घरेलु लिगसहित तीन प्रमुख उपाधि (ट्रेबल) जितेकी थिइन् । त्यसबाहेक बार्सिलोनाले स्पेनिस सुपर कपको उपाधिसमेत जितेको थियो ।
पुटेलास हाल महिला सुपर लिग क्लब लन्डन सिटी लायनेसमा आबद्ध छिन् ।







