Khabar Out
नेपालसग भारत ३-० ले पराजित, अञ्जनाद्वारा उत्कृष्ट बचाउ

काठमाडौं । नेपालले भारतलाई मैत्रीपूर्ण फुटबलमा पराजित गरेको छ  । भारतको सिकिमस्थित पाल्जोर रंगशालामा सम्पन्न खेलमा घरेलु टिमलाई पेनाल्टी सुटआउटमा ३–० ले पराजित गरेको हो । 

निर्धारित समयमा १–१ को बराबरीमा समाप्त भएपछि पेनाल्टी सुटआउट नेपालकी गोलकिपर अञ्जनाले भारतको दुई प्रहार बचाउ गरिन् । अञ्जनाले भारतका प्रिया दार्शीनी र अस्टम ओरामको प्रहार विफल बनाएकी हुन् । भारतकी सन्तोषको प्रहार भने दिशा लिन नसक्दा सिधै पोष्टबाट बाहिरिएको थियो । 

नेपालबाट भएको चार पेनाल्टी प्रहार मध्ये निशा ठोक्कर, सविताराना मगर र रश्मिकुमारी घिसिङले गोल गरिन् । नेपालकी कप्तान अनिता बस्नेतको प्रहार भारतकी गोलकिपर साउमिया नारायासमीले बचाएकी थिइन् । 

त्यस अघिको खेलको ३० औँ मिनेटमा सौम्या गुगूल्टोहको गोलमा भारतले अग्रता बनाएको थियो । नेपालकी रश्मीकुमारी घिसिङले पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै पाहुना टिमलाई खेलमा फर्काएकी थिइन् । 

नेपालले यसअघि इरान, घरेलु टोली समिलित त्रिदेशीय मैत्रीपूर्ण फुटबल अन्तर्गत भएको खेलमा भारतलाई २–१ ले पराजित गरेको थियो ।

प्रकाशित मिति: बुधबार, कात्तिक १२, २०८२  २१:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update