Khabar Out
नेपालद्वारा भारत २-१ पराजित

काठमाडौं । ट्राई नेसन्स अन्तर्राष्ट्रिय महिला फुटबलमा नेपालले भारतलाई पराजित गरेको छ।

शिलोङस्थित जवाहरलाल नेहरु स्टेडियममा भएको खेलमा कप्तान सावित्रा भण्डारी साम्बाको दुई गोल मद्तमा नेपालले भारतलाई २-१ ले पराजित गर्न सफल भएको हो ।

सावित्राले खेलको दोस्रो मिनेटमै गोल गरी नेपाललाई अग्रता दिलाएकी हुन । विमला विकले मैदानको आफ्नै भागबाट दिएको लामो पासमा सावित्राले भारतीय डिफेण्डरलाई पछि पार्दै गोल गरेकी हुन् ।

सावित्राले नै ६२ औं मिनेटमा फ्रिकिकमार्फत उत्कृष्ट गोल गर्दै नेपालको अग्रता दोब्बर पारिन । घरेलु टोली भारतले ८१औं मिनेटमा गोल फर्कायो । भारतका लागि करिषमा श्रीरभोइकारले गोल गरिन ।

ट्राईनेसन्स कपमा इरानले भारत  र नेपाललाई हराएर यसअघि नै उपाधि जितेपछि यो खेल प्रतिष्ठाको लडाईँको रुपमा रहेको थियो । जहाँ नेपालले भारतलाई उसैको मैदानमा हराउन सफल भएकाे हाे ।

 

प्रकाशित मिति: सोमबार, कात्तिक १०, २०८२  २१:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update