Khabar Out
सर्पको टोकाइबाट एक युवकको मृत्यु

बाजुरा । यहाँको त्रिवेणी नगरपालिका–२ चौसालका एक युवकको सर्पको टोकाइबाट मृत्यु भएको छ । 

स्थानीय ४० वर्षीय सर्जन बुढालाई सर्पले टोकेपछि उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको त्रिवेणी नगरपालिकाकी उप प्रमुख कमलाकुमारी जैशीले जानकारी दिए । 

उनकाअनुसार दृष्टिविहीन बुढालाई मंगलबार राति गौरीगंगा नगरपालिकाको राजीपुरमा सर्पले टोकेको थियो । रासस

प्रकाशित मिति: बुधबार, असोज ८, २०८२  १६:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update