Khabar Out
नेपाल र बंगलादेशबीच हुने मैत्रीपूर्ण खेलको तयारी पूरा

काठमाडौँ  ।  नेपाली राष्ट्रिय फुटबल टोली र बंगलादेशको राष्ट्रिय पुरुष फुटबल टोलीबीच हुने मैत्रीपूर्ण खेलका लागि सबै तयारी पूरा भएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । 

यही भदौ २१ र २४ गते हुने दुई मैत्रीपूर्ण फुटबल खेलका लागि सम्पूर्ण तयारी पूरा भएको एन्फाका प्रवक्ता सुरेश शाहले बिहीबार यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । प्रतियोगिताका दुई खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साझ ५:३० बजेदेखि हुनेछ ।

उक्त खेलका लागि बंगलादेशको राष्ट्रिय फुटबल टोली यही भदौ १८ गते नै नेपाल आइसकेको छ । बंगलादेशी टोलीलाई अभ्यासका लागि भद्रकालीस्थित नेपाली सेनाको खेल मैदान र ललितपुरको च्यासलस्थित च्यासल रङ्गशालाको मैदानको व्यवस्था गरिएको एन्फाले जनाएको छ ।

प्रतियोगिताको मार्केटिङ र डिजिटल अधिकार एडी रिलिज प्राइभेट लिमिटेडलाई प्रदान गरेको प्रवक्ता शाहले जानकारी दिए । उक्त खेलका लागि भिआइपी प्याराफिटतर्फ रू एक हजार र साधारण प्याराफिटर्फ पाँच सय रुपैयाँ टिकट दर निर्धारण गरिएको छ ।

दुवै खेलको समग्र विजेतलाई ट्रफी र पदक प्रदान गरिने एन्फाले जनाएको छ । यदी दुवै खेलबाट नतिजा नआएमा दोस्रो खेलपछि पेनाल्टी सुटआउटमार्फत विजेता तय हुनेछ । प्रतियोगिता सञ्चालनका लागि करिब एक करोड २७ लाख ५८ हजार एक सय ६८ रुपैयाँ खर्च लाग्ने आयोजकको भनाइ छ । रासस

प्रकाशित मिति: बिहीबार, भदौ १९, २०८२  २२:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update