Khabar Out
संखुवासभाको मघाङ केन्द्रबिन्दु भएर ४.४ म्याग्निच्यूडको भूकम्प

काठमाडौँ । पूर्वी नेपालको संखुवासभामा भूकम्पको धक्का महसुस भएको छ । शुक्रबार राति ११:१५ मा सो जिल्लाको मघाङ केन्द्रबिन्दु भएर ४.४ म्याग्निच्यूडको भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार पूर्वी नेपालका केही जिल्लामा भूकम्पको धक्का महसुस गरिएको थियो ।

भूकम्पबाट कुनै मानवीय तथा भौतिक क्षति भए नभएको बारेमा कुनै विवरण भने प्राप्त हुन सकेको छैन । विसं २०७२ बैशाख १२ गतेको विनाशकारी गोरखा भूकम्पपश्चात् नेपालमा कम म्याग्निच्यूडका भूकम्पजानेक्रम रोखिएको छैन। रासस

प्रकाशित मिति: शनिबार, भदौ ७, २०८२  ०९:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update