Khabar Out
नवलपरासीमा यात्रुवाहक बस दुर्घटना, २५ जना घाइते

काठमाडौं । नवलपरासी बर्दघाट सुस्ता पूर्वमा यात्रुवाहक बस दुर्घटना हुँदा २५ यात्रु घाइते भएका छन् । 

कावासोती नगरपालिका–११ लोकाहास्थित पूर्व–पश्चिम राजमार्गमा यात्रुवाहक बस दुर्घटना हुँदा २५ जना घाइते भएका हुन् । 

आज बिहान ६ः४० बजे धनगढीबाटकाठमाडौंतर्फ आउँदै गरेको सु.प्र.०१–००१ ख ३४७५ नम्बरको यात्रुवाहक बस चालकले नियन्त्रण गुमाउँदा सडकमा पल्टिएको जनाएको छ । 

बस दुर्घटनाका घाइतेलाई उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल, डण्डा पठाइएको छ ।

घटनाका सम्बन्धमा थप विस्तृत विवरण आउन बाँकी रहेको छ । 

प्रकाशित मिति: सोमबार, कात्तिक ३०, २०८३  १०:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update