Khabar Out
तीस महिनापछि आफ्नै भवनमा उच्च अदालत

बागलुङ । आफ्नै भवन नहुँदा जिल्ला अदालतको भवनबाट सेवा प्रवाह गरिरहेको उच्च अदालत पोखरा बागलुङ इजलासले बिहीबारदेखि आफ्नै भवनबाट सेवा दिन थालेको छ ।

भवन निर्माणका लागि बागलुङ बजारको रुद्रेपीपलस्थित जिल्ला अदालतबाट ३० महिनादेखि सेवा प्रवाह गरिरहेको उच्च अदातलले नयाँ भवनबाट सेवा दिन थालेको छ ।  

 उच्च अदालत पोखरा बागलुङ इजलासका रजिष्ट्रार रामबहादुर थापाले सुविधासम्पन्न भवनबाट सेवा प्रवाहका साथै अभिलेखहरूको संरक्षण गर्न सहज भएको बताए ।

साढे छ तलाको आपाङ्गमैत्री भवनमा ‘अण्डरग्राउड पार्किङ’सँगै न्यायाधीश आवास निर्माण गरिएको छ । भवन रु ५७ करोडमा बनेको हो । रासस

प्रकाशित मिति: शुक्रबार, भदौ ६, २०८२  १६:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update