Khabar Out
वडा अध्यक्ष साहको निधन

सप्तरी । राजगढ गाउँपालिका– ५ का वडाध्यक्ष देवेन्द्र साहको ७० वर्षको उमेरमा निधन भएको छ । क्यान्सर रोगबाट पीडित उनको   उपचारका क्रममा चिवनको भरतपुर क्यान्सर अस्पतालमा आज बिहान  निधन भएको सोही गाउँपालिकाकी उपाध्यक्ष रेणुदेवी मण्डलले बताइन् । 

जनता समाजवादी पार्टीबाट निर्वाचित  उनी तीन वर्षदेखि क्यान्सरबाट पीडित थिए । उनका दुई छोरा र तीन छोरी छन् । रासस

प्रकाशित मिति: बुधबार, भदौ ४, २०८२  १६:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update