Khabar Out
स्याउला लिन वनमा जाँदा अरिङ्गालले चिलेर मृत्यु

तानसेन । यहाँ अरिङ्गालले चिलेर एक जना महिलाको मृत्यु भएको छ । जिल्लाको रामपुर नगरपालिका९२ सेरामा अरिङ्गालले टोकेर ५७ वर्षीया दानुकुमारी रावतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले बताए । 

उनका अनुसार अरिङ्गालले टोकेर घाइते भएकी रावतलाई उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास ल्याइएकामा मृत्यु भएको हो । घर नजिकैको सामुदायिक वनमा स्याउला काट्ने क्रममा उनलाई कालो अरिङ्गालले टोकेको थियो । 

अरिङ्गालको टोकाइले गम्भीर घाइते भएकी उनलाई तत्काल उपचारका लागि रामपुर अस्पताल लगिएकामा थप उपचारका लागि प्रभास ल्याइएको थियो । उनको आजै शवपरीक्षण गरी परिवारलाई बुझाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस

प्रकाशित मिति: शनिबार, साउन १०, २०८२  २०:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update