Khabar Out
विधान महाधिवेशनबारे छलफल गर्न एमाले पोलिटब्युरो बैठक बस्दै

काठमाडौँ । आसन्न विधान महाधिवेशनमा प्रस्तुत गरिने प्रस्तावहरुका विषयमा छलफल गर्न नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले को पोलिटब्युरो बैठक आज बस्दैछ ।

पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा एमाले केन्द्रीय कार्यालय, ललितपुर च्यासलमा दिउँसो १:०० बजे बस्ने बैठकमा पार्टीको सचिवालय बैठकबाट निर्णित विधान संशोधनलगायत प्रस्ताव पेस हुनेछन् ।

SRS AD

विधान महाधिवेशनपूर्व यही साउन ५ गते हुने केन्द्रीय कमिटी बैठकमा ती प्रस्ताव प्रस्तुत गरिनेछन् । बिहीबार राति सम्पन्न बैठकमा विधान संशोधनको प्रस्तावमा घनीभूत छलफल भएको थियो । एमालेको दोस्रो विधान महाधिवेशन आगामी भदौ २०, २१ र २२ ललितपुरको गोदावरीमा हुनेछ ।

विधान महाधिवेशनले पार्टीभित्र ७० वर्षे उमेर हद र एकै पदमा लगातार दुई कार्यकाल बस्न नमिल्ने प्रावधान विधिवत् रुपमा हटाउने तयारी गरिएको छ । विधान महाधिवेशनका लागि उपाध्यक्ष विष्णुप्रसाद पौडेलले बिहीबार प्रस्तुत गर्नुभएको विधान संशोधनको प्रस्तावलाई एमालेको केन्द्रीय कमिटीले अन्तिम रुप दिनेछ ।

प्रकाशित मिति: शुक्रबार, साउन २, २०८२  १४:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update