Khabar Out
पशुमा पनि बाँझोपनको समस्या बढ्यो

चितवन । गाई र भैँसीमा बाँझोपना (बाली नजाने) समस्या बढ्दै गएको छ । चार जिल्लामा गरिएको अध्ययनले यस्तो समस्या भएको पुष्टि गरेको हो । 

गण्डकी प्रदेशको स्याङ्जा, लमजुङ, गोरखा र नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा गरिएको अध्ययनले ३६.८८ प्रतिशत रहेको देखाएको हो । 

SRS AD

अध्ययनमा सहभागी पशु चिकित्सक डा. रविन वस्ताकोटीका अनुसार ३८ भैँसी र १२२ गाईमा गरिएको अध्ययनले पशुमा बाँझोपनाको समस्या अत्यधिक रहने गरेको छ । 

पशुमा संक्रामक रोगका कारणले बाँझोपना आउने गर्छ । यसका कारण बच्चा तुहिने, गर्भ नअडिने, बाली नखोज्नेजस्ता समस्या देखापर्ने बस्यालले बताए । उनले भने, “यस्ता समस्या भएका पशु पाल्ने परिवार र त्यसको उपचारमा संलग्न पशु चिकित्सकलाई समेत जोखिम हुनसक्छ । प्रजननमा विकृतिहरू देखिन सक्छ ।”

अध्ययनका क्रममा पशुको पाठेघरको सामान्य संक्रमण २८.१२ प्रतिशत, पठेघर सुनिने समस्या १० प्रतिशत, पटकपटक बाली खोजिरहने समस्या १०.६३ प्रतिशतमा देखिएको छ ।

बस्ताकोटीका अनुसार पाठेघरको मुख सुनिने समस्या ७.५० प्रतिशत, डिम्बमा पानीको फोका बन्ने ३.७५ प्रतिशत र पाठेघरमा पानी जम्ने समस्या ३.१२ प्रतिशत भेटिएको छ ।
 
उन्नत जातमध्ये होलस्टेन जातको गाईमा सन्तुलित आहाराको कमीका कारण सामान्यभन्दा बढी दुब्लो देखिने गर्दा थारोपन निम्तिएको उनले बताए । जसका कारण गाईहरूमा अण्डासयको सामान्यतय चल्ने ऋतुचक्र निस्क्रिय भएको भेटिएको छ ।
 
सामान्यतय ऋतुचक्र २१ दिन चल्ने भन्दै उनले गाई ब्याएको एक सय दिनमा बाली जानुपर्नेमा अहिले १२५  दिनमा पनि ऋतुचक्रमा नआएको देखिएको उनको भनाइ छ । 

केही गाईहरू एकपटक व्याएपछि पाँच वर्षसम्म पनि गर्भाधारण नगरेको पाइएको उनले बताए ।  उन्नत नश्लका कोरली बाछी १८ महिनामा पहिलोपटक ऋतुकालमा आउनुपर्नेमा २६ महिनासम्ममा पनि नआएको पाइएको छ । 

उनले भने, “अधिकांश गाई, भैँसी ब्याएको २१ महिनासम्ममा पनि ऋतुचक्रमा प्रवेश नगरेको पाइएको छ ।”
 
शरीरमा रगतको मात्रा कम हुने, रगतमा हेमोग्लोविनको कमी, शारीरिक अवस्था दुब्लो, जुकाको संक्रमणलगायत कारण पनि पशु चौपायामा बाँझोपना देखिने बस्ताकोटीले बताए ।  उन्नत जातको गाईभैँसीपालन गर्दा आहारमा ध्यान पुर्याउन आवश्यक रहेको उनले बताए । 
 
आहारमा हरियो घाँस, कोशे जातका घाँस दिनु आवश्यक रहेको भन्दै उनले संक्रामक रोगको निदानका लागि पालिका र पशु सेवा कार्यालयले ध्यान दिनुपर्ने बताए । खनिजको कमीलाई आपूर्ति गर्न खनिज परिपूरक खाद्य सामग्री पशुलाई दिनुपर्ने उनको भनाइ छ । रासस

प्रकाशित मिति: मंगलबार, असार ३१, २०८२  ०९:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update