Khabar Out
जेनजीलाई गगन थापाको अपिल: सरकार बनाउदा संविधानलाई ख्याल गरौं

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जेनजी आन्दोलनपछि विकसित परिस्थितिमा संविधानलाई टेकेर समाधान खोज्नु पर्ने जोड दिएका छन्।

बिहिबार एक भिडियो सार्वजकि गर्दै संविधानभन्दा पर गएर समाधान खोजिए केही समयपछि सम्हाल्न नसकिने अवस्था आउने उनको भनाइ छ। महामन्त्री थापाले संविधानको निरन्तरताबारे ख्याल गर्न जेनजी पुस्तालाई आग्रह गरेका छन्। 

‘जेनजीले उठाएका मागहरु आफुले विगतदेखि उठाउदै आएकाले पुर्ण सर्मथन र साथ रहने जनाएका छन । 

नयाँ सरकारको निर्माण संविधानमा टेकेर बनाउनु पर्नेमा जोड दिदै जेनजीलाई सरकार निर्माणमा सहभागी हुन र जेनजीको आन्दोलनको क्रममा भएको हत्या र विध्वंशात्मक प्रदर्शनको छानबिन गरी दोषीमाथि कारबाही गर्न, बलियो कानुन निर्माण गरेर २०४६ यता सार्वजनिक ओहदामा बसेका सबैको सम्पत्ति छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन पनि आग्रह गरेका छन्।

 

प्रकाशित मिति: बिहीबार, भदौ २६, २०८२  १४:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update