Khabar Out
यस वर्षको छिन्नलता गीत पुरस्कार राजेन्द्र रिजाललाई

काठमाडौँ । यसवर्षको छिन्नलता गीत पुरस्कार वरिष्ठ गीतकार राजेन्द्र रिजाललाई प्रदान गरिएको छ । गीत पुरस्कार गुठीद्वारा आयोजित कार्यक्रममा सभामुख देवराज घिमिरेले रिजाललाई सम्मानपत्र र रु एक लाखसहित उक्त पुरस्कार प्रदान गरेका हुन् । 

यसैगरी रु एक लाख राशिको सङ्गीततर्फको छिन्नलता पुरस्कार आभास (अच्युतप्रसाद फुयाल) लाई र रु एक लाखकै गायनतर्फको पुरस्कार रामभक्त जोजिजु र इतु जोजिजुलाई संयुक्त रूपमा प्रदान गरियो । 

SRS AD

साथै रु ५० हजार राशिको युवा प्रतिभातर्फको छिन्नलता पुरस्कार  गायक एसडि योगीलाई प्रदान गरिएको जनाइएको छ ।     

त्यस अवसरमा सभामुख घिमिरेले राष्ट्रिय भाव उत्पन्न गर्ने सृजनाहरु छिन्नलताको विशेषता भएको बताए । 

प्रकाशित मिति: सोमबार, असार २३, २०८२  १५:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update