Khabar Out
मुगुमा ४.३ म्याग्निच्युडको भूकम्प धक्का

काठमाडौं ।  सोमबार बिहान मुगुको कोटडाँडालाई केन्द्रबिन्दु बनाएर ४.३ रिक्टरस्केलको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाए अनुसार बिहान ८ बजेर ३९ मिनेट जाँदा भूकम्प गएको हो ।

यसअघि, आइतबार दिउँसो २ बजेर ३४ मिनेटमा मुगुकै जिमा आसपास केन्द्रविन्दु भएर ४.८ म्याग्निच्युडको भूकम्प गएको थियो ।

subisu

भूकम्पबाट हालसम्म कुनै मानवीय तथा भौतिक क्षतिको विवरण प्राप्त भएको छैन ।

 

प्रकाशित मिति: सोमबार, असार १६, २०८२  १०:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update