बाढीले डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध

नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको दुम्किवासमा ‘डाइभर्सन’ बग्दा राजमार्ग अवरुद्ध भएको छ ।
आज बिहान आएको बाढीमा डाइभर्सन बग्दा राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मधु नेपालले बताए । बाढी नरोकिएकाले आवागमनका निम्ति तत्काल केही गर्न सकिने अवस्था नभएको उनले बताए ।
डाइभर्सन गरिएको स्थान बाढीले बगाएपछि साना तथा यात्रुवाहक सवारीलाई होङ्सी गेट हुँदै सर्दीतर्फको बाटोबाट सञ्चालन गरिएको छ ।
यसैबिच, बुटवल–नारायणगढ सडक विस्तार आयोजनाका सूचना अधिकारी शिव खनालका अनुसार नयाँ पुल ढलान भएको छ । असारको दोस्रो सातादेखि पुल सञ्चालन गर्ने योजना छ । रासस
प्रकाशित मिति: बिहीबार, जेठ २९, २०८२ १५:३५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय