Khabar Out
सङ्खुवासभामा बाढीले पाँच वटा काठेपुल बगायो

किमाथाङ्का । जिल्लाको उत्तरी क्षेत्र भोटखोला गाउँपालिकामा पाँच वटा काठेपुल बाढीले बगाएको छ । बुधबारको बाढीले भोटखोला वडा नम्बर १, २ र १, ३ जोड्ने धुङगोपा खोलाका दुई वटा काठेपुल बगाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले बताए ।

बाढीले भोटखोला १ र ३ जोड्ने घङजुङमा खोलाको काठेपुल पनि बगाएको छ । भोटखोला १ र ३ जोड्ने छोकाङ खोला, भोटखोला १ र ३ जोड्ने माप्च्या खोलाको पुल पनि बगेको छ । 

subisu
Nepal Today

यसैबीच केही दिन अघिको बाढीले भोटखोला गाउँपालिका–३ मा निर्माण भएका दुई वटा साना जलविद्युत् आयोजना बगाएपछि २५० घर विद्युत्विहीन भएका छन् । 

बाढीले कोशी राजमार्गअन्तर्गत खाँदबारी–किमाथाङ्का सडकखण्डको हटिया र हुङहुङ सडक बगाएको छ । बाढीका कारण खाँदबारी–किमाथाङ्का सडकखण्ड अवरुद्ध हुँदा यातायात सेवा ठप्प छ । 

प्रकाशित मिति: बिहीबार, जेठ २२, २०८२  ११:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update