Khabar Out
बनेपा नगरपालिकाको सेवा–प्रवाह आजदेखि बहुप्राविधिक शिक्षालयबाट

काभ्रेपलाञ्चोक । बनेपा नगरपालिकाको सेवा–प्रवाह आजदेखि बहुप्राविधिक शिक्षालयबाट सुरु भएको छ ।

‘जेनजी’ आन्दोलनका क्रममा तोडफोड एवं आगजनीबाट क्षति भएको नगरपालिका भवन पुनःनिर्माण नहुने भएपछि आजदेखि नेपाल बनेपा बहुप्राविधिक शिक्षालयबाट सेवा सञ्चालन गरिएको हो ।

नगरले आजदेखि नियमित सेवाप्रवाह शिक्षालयको प्रशासनिक भवनबाट सुरु भएको प्रमुख प्रशासकीय अधिकृत उर्मिला काफ्ले जानकारी दिइन् । जेनजी आन्दोलनका क्रममा कार्यालयमा करिब रु १० करोड बराबरको क्षति भएको नगर कार्यालयले गरेको प्राविधिक मूल्याङ्कनमा उल्लेख छ । उक्त आन्दोलनमा जिल्लाका १३ स्थानीय तहमध्ये बढी बनेपा नगर कार्यालयमा क्षति पुर्याइएको थियो ।

यसअघि पुलबजारस्थित–१० नं वडा कार्यालयबाट नगर कार्यालय सञ्चालन गरिएको थियो । गत असार ३२ गते नगरको १८औँ नगरसभाको निर्णय बमोजिम शिक्षालयको प्रशासनिक भवनबट सेवा प्रवाह गरिने छ । 

नगरपालिका प्रमुख शान्तिरत्न शाक्यले शिक्षालयको नियमित शैक्षिक गतिविधिमा कुनै अवरोध नपुर्याइ नगरको प्रशासनिक कार्यालय सञ्चालन गरिने स्पष्ट पारे । रासस

प्रकाशित मिति: सोमबार, असोज ५, २०८३  १५:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update