Khabar Out
पाल्पा डढेलो : चार सामुदायिक वनमा क्षति

तानसेन । जिल्लाको रिब्दीकोट गाउँपालिका १ र २ को सिमानामा पर्ने  संसारकोट डाँडामा गत मङ्गलबार दिउँसोदेखि लागेको आगो अझै निभाउन सकिएको छैन ।

अधिक पातपतिङ्गर र लगातारको हुरीका कारण आगो निभाउन नसकिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  करिब एक सय ७० हेक्टरमा फैलिएका चार वटा सामुदायिक वनमा क्षति भएको छ ।

subisu

डिभिजन वन कार्यालयका अनुसार देउरालीको लेक सामुदायिक वन, भारेखोला सामुदायिक वन, मधुवन सामुदायिक वन र वृन्दावन सामुदायिक वनमा क्षति भएको हो । 

आगो निभाउन नेपाली सेना, सशस्त्र प्रहरी बल र स्थानीय लागिपरेका छन् । रासस

प्रकाशित मिति: बिहीबार, फागुन २२, २०८१  १३:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update