Khabar Out
अपाङ्गता भएका व्यक्तिलाई घरमै नागरिकता

तनहुँ । जिल्ला प्रशासन कार्यालयले अपाङ्गता भएका एक किशोरलाई घरमै पुगेर नागरिकता प्रदान गरेको छ । 

म्याग्दे गाउँपालिका–२ का १८ वर्षीय अपाङ्गता भएका सुजन रानाभाटलाई प्रशासन कार्यालयले मङ्गलबार घरमै पुगेर नागरिकता प्रदान गरेको हो । 

प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले अपाङ्गता भएका व्यक्तिलाई कार्यालयसम्म आउन समस्या हुने भएकाले घरमै पुगेर नागरिकता प्रदान गरिएको बताए । विसं २०६३ पुस १० गते जन्मिएका सुजन जन्मजात अपाङ्गता हुन् । रासस

प्रकाशित मिति: बुधबार, फागुन १४, २०८१  १५:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update