विधि र विधानभन्दा बाहिर जाने छुट कसैलाई छैन : नेता भण्डारी
गुल्मी । नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले सरकार र राजनीतिक दल विधि तथा विधानभन्दा बाहिर जान नहुने बताएका छन् ।
नेपाली कांग्रेस क्षेत्र नं १, गुल्मीद्वारा रुरुक्षेत्र गाउँपालिका–१ मा आज आयोजित क्षेत्रीय अधिवेशनमा उनले सबै राजनीतिक दलहरू मिलेर खबरदारी गर्नुपर्ने आवश्यकता औँल्याए ।
सत्ता सञ्चालनका क्रममा केही कमजोरी भएको स्वीकार गर्दै उनले पुर्खा र अघिल्लो पुस्ताले व्यक्ति केन्द्रित सोचबाट माथि उठेर हामी, हाम्रो र अन्ततः सिङ्गो देश निर्माण गर्न अधिकारका लागि लडाइँ लडेको स्मरण गराए ।
प्रकाशित मिति: बुधबार, असोज १४, २०८३ २२:४९
प्रतिक्रिया दिनुहोस्






