विश्व पर्यटन दिवसमा साइकल र्याली
ललितपुर । बागमती प्रदेश सरकारले विश्व पर्यटन दिवसको अवसरमा आज साइकल -याली आयोजना गरेको छ । प्रदेश सरकारका उद्योग, पर्यटन, श्रम तथा यातायातमन्त्री राजेन्द्र प्रजापतिले -यालीको उद्घाटन गरे ।
पाटन दरबार क्षेत्रबाट सुरु भएको -याली पुल्चोक– कुपण्डोल– माइतीघर–रामशाहपथ– जयनेपाल सडक– नक्साल, टङ्गाल–बालुवाटार– नारायणगोपाल चोक हुँदै धुम्बाहारीमा पुगेर समापन भएको छ ।
-यालीमा उक्त मन्त्रालयका सचिव दीपेन्द्र सुवेदीसहित १५० जना सहभागी थिए । रासस
प्रकाशित मिति: आइतबार, असोज ११, २०८३ १०:०३
प्रतिक्रिया दिनुहोस्






