पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका छन् । उनलाई आज बिहान काठमाडौंको महाराजगञ्जस्थित निवासबाटै उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको टोलीले पक्राउ गरेको हो ।
जबरा पक्राउ परेको स्रोतले पुष्टि गरे पनि उनीविरुद्ध लगाइएको कसुर वा अभियोगबारे भने हालसम्म आधिकारिक रूपमा खुलाइएको छैन ।
जबरा २०७५ पुस १७ गते नेपालको प्रधानन्यायाधीश नियुक्त भएका थिए । उनीविरुद्ध २०७८ फागुन १ गते प्रतिनिधिसभामा महाअभियोग प्रस्ताव दर्ता भएपछि उनी निलम्बनमा परेका थिए ।
प्रकाशित मिति: आइतबार, असोज ११, २०८३ ०८:२६
प्रतिक्रिया दिनुहोस्






