Khabar Out
रुखबाट लडेर ६० वर्षीय लिम्बुको मृत्यु

सङ्खुवासभा । सङ्खुवासभाको सभापोखरी गाउँपालिका–२ देउराली हुत्तिखिममा चिउरीको रुखमा चढेर घाँस काट्ने क्रममा लडेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय ६० वर्षीय लेकबहादुर लिम्बु रहेका छन् । आज दिउँसो चिउरीको रुखमा चढेर घाँस काट्ने क्रममा लड्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक धिरज राईले जानकारी दिए

घटनाबारे आफन्तले प्रहरीलाई खबर गरेपछि प्रहरी निरीक्षक सुन्दरकुमार यादवको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो । मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल सङ्खुवासभा ल्याइएको छ । रासस

प्रकाशित मिति: शुक्रबार, कात्तिक २७, २०८३  १९:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update